• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना

blog

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको हो । 

वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस्तै, गौरा पर्वका अवसरमा आज राजधानीको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।