• १६ भदौ २०८१, आइतबार

शिक्षाको माध्यमबाट बुद्धको सन्देश विस्तार गरौं : प्रधानमन्त्री ओली

blog

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, भदौ ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताउनुभएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा कुलपति  ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको  यस  विश्वविद्यालयले महत्त्वपूर्ण  भूमिकाखेल्नुपर्ने बताउनुभयो।

उहाँले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन। यसका लागि ज्ञान र मन चाहिन्छ।’’


प्रधानमन्त्री ओलीले निरन्तर प्रयास गररे गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो। भन्नुभयो, ‘‘हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ । हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ। दृढ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौं र सफलतामा पुग्न सक्छौ।’’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मङ्सिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।