• १२ मंसिर २०८१, बुधबार

इरानमा बस दुर्घटनामा परी मृत्यु भएका पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता

blog

पाकिस्तान, भदौ ८ गते । प्रमुख शिया मुस्लिम अनुष्ठानमा जाने क्रममा इरानमा बस दुर्घटनामा परी मृत्यु भएका २८ जना पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता ल्याइएको छ । 

इरानको सरकारी टेलिभिजनका अनुसार ५१ जना पाकिस्तानी तीर्थयात्री सवार बस इराक जाँदै गर्दा इरानको तेहरानस्थित याज्द सहरमा मङ्गलबार दुर्घटनामा परेको हो ।

पाकिस्तानी झण्डा ओढाइएका कफिनहरू शुक्रबार ज्याकोबाबाद सहर आइपुगेको र शवलाई एम्बुलेन्समार्फत उनीहरूको गृहनगर पुर्‍याइएको एएफपीका एक पत्रकारले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका अन्य तीर्थयात्रीको कराचीको अस्पतालमा उपचार भइरहेको छ । मृत तीर्थयात्रीमध्ये ११ जना महिला तथा १७ जना पुरुष रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन प्रमुख अली मालेक–जाडेहले बताउनुभयो  । 

इरान ट्राफिक प्रहरीका प्रमुख टेमर होसेनीले दुर्घटनाको कारण ब्रेक फेल एवम् अप्ठ्यारो ठाडो सडक संरचना रहेको बताउनुभएको छ । रासस/एएफपी