• १६ भदौ २०८१, आइतबार

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ, ६ गते । गोरखामा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ वर्षीय  सुनिल मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँकाअनुसार गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका–६ पाटेचौरमा दिउँसो १:०० बजे निर्माणाधीन प्रज्वल जोशीको घरको छतमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका थिए । 

घाइतेमध्ये गम्भीर अवस्थाका सुनिल मगरलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । अस्पताल पुग्नसाथ चिकित्सकले मगरलाई मृतक घोषण गरेका थिए । रेलिङ हाल्ने क्रममा फलामको रडमा नाङ्गो तारले छोइएपछि  दुई जना युवालाई करेन्ट लागेको थियो । 

अर्का घाइते भारत घर भई हाल गोरखा सदरमुकामको पेट्रोलपम्प नजिकै बस्दै आउनुभएका २८ वर्षीय अर्मन खानको एपोलो अस्पतालमा उपचार भइरहेको छ । उक्त घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।