साधन घर्ती
म्याग्दी (दरबाङ),भदौ ६ गते । पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,तिरी गाउँ नजिकै दिउँसो पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ३५ वर्षीय विकल गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयका अनुसार करिब ४ बजेको समयमा आफ्ना साथीहरूसँग पौडी खेल्न जानुभएका सोही गाउँपालिका–१, खिङ्गाका गुरुङको पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको हो ।
काली गण्डकी नदीको नजिकै रहेको उक्त पोखरीमा पौडी खेल्न मृतक गुरुङ सँगै ९ जना गएका थिए । कागबेनी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोस्टमार्टमका जिल्ला अस्पताल जोमसोम ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।