बङ्गलादेश, भदौ ५ गते । राजनीतिक उथलपुथलपछि बङ्गलादेशका कपडा र गार्मेन्ट कारखानाहरू विस्तारै सञ्चालनमा आएका छन् ।
गार्मेन्ट उद्योग २०२३ मा बङ्गलादेशको कुल निर्यात व्यापारको ८५ प्रतिशत हिस्सा ओगटेको राष्ट्रिय अर्थतन्त्रको स्तम्भ हो । यो देश विश्वव्यापी परिधान आपूर्ति शृङ्खलाको एक प्रमुख हिस्सा पनि हो । गत वर्ष लगभग ४७ अर्ब अमेरिकी डलर बराबरको कपडा निर्यात गरेको थियो ।
पोलो सर्ट, ज्याकेट, बक्सर, टी–सर्ट लगायतका विभिन्न वस्तुहरू उत्पादन गर्ने गरेको व्यापारीहरु बताउँछन् । सबै कच्चा पदार्थहरू चीनबाट आयात गर्ने गरेको उनीहरुको भनाइ छ । सरकार परिवर्तनपछि बङ्गलादेशको अवस्था समस्याग्रस्त रहेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल