• ८ मंसिर २०८१, शनिबार

भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

blog

प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँदिल्ली,  साउन ३० गते । प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ । 

यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ रहेको छ । बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा यस उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने उल्लेख गरेको छ । 

समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब छ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ । 

कार्यक्रममा विभिन्न राज्य-केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ । रासस, एएनआई