• १२ असोज २०८१, शनिबार

राजस्व सङ्कलन प्रभावकारी बनाउन नगर प्रहरी

blog

लम्कीचुहा नगरपालिकाको कार्यालय ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), साउन २५ गते । कैलालीको लम्कीचुहा नगरपालिकाले कार्यविधि बनाएर राजस्व सङ्कलनमा परिचालनका लागि नगर प्रहरी राखेको छ ।  नगरप्रमुख सुशीला शाहीका अनुसार सुरक्षाकर्मीको सहयाेगमा राजस्व सङ्कलनमा वृद्धि हुने विश्वास गरिएको छ । 

नगरप्रमुख शाहीले भन्नुभयो, “नगरको विभिन्न क्षेत्रमा उठ्ने रोयल्टी सङ्कलनमा समस्या भएको छ, बहाल कर उठाउन सकिएको छैन, अस्पतालमा भिडभाड बढी हुँदा समस्या आउने गरेको छ, अब नगरप्रहरीलाई यही कार्यमा खटाउने हो ।” १५ जनाका लागि माग भएको नगरप्रहरीका लागि ६४ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा अधिकांश, पूर्व म्यादी प्रहरी, भूतपूर्व सुरक्षाकर्मी रहनुभएको थियो ।

नगरप्रहरी पदपूर्ति समितिका संयोजक तथा निमित्ति प्रमुख प्रशासकीय अधिकृत माधवकुमार जैशीले असई १, हल्दार ३ र जवान ११ गरी १५ जना नगरप्रहरी छनाेट गरिएको जानकारी दिनुभयो । शारीरिक छनाेट र लिखित परीक्षाबाट नगरप्रहरी छनाेट गरिएको हो । 

नगरप्रहरी छनाेटका लागि जनपद प्रहरी र शसस्त्र प्रहरी कार्यालयबाट खटिएको विज्ञ समूहसहित नगरपालिकाको प्रशासनिक कर्मचारीले छनाेट गरेको निमित्त प्रमुख जैशीले जनाउनुभयो ।