• ८ मंसिर २०८१, शनिबार

दिगो विकास लक्ष्यको यात्रा

blog

दिगो विकास र समाजवाद दुई महत्वपूर्ण र परस्पर सम्बन्धित विषय हुन्, जसले आधुनिक राजनीतिक, आर्थिक, सामाजिक सोचलाई व्यापक प्रभावित गर्छ । यी दुई अवधारणाले हाम्रो समाजलाई स्थिर, न्यायपूर्ण, र दिगो बनाउने उद्देश्य राख्छन् । यी दुई विषयलाई प्रायःजसो अलग–अलग रूपमा बुझिन्छ । यी दुई विषयको परिभाषा, उद्देश्य, र उनीहरूको अन्तर सम्बन्धबारे सङ्क्षिप्त चर्चा गर्नु सान्दर्भिक छ । नेपालका राजनीतिक दल र नीति निर्माताले समाजवाद र दिगो विकासलाई कसरी सँगसँगै अघि बढाउन सक्छन् वा बढाउनुपर्ने छ भन्ने विषयबारे विशेष चर्चा गरिएको छ । 

दिगो विकासको उद्देश्य आर्थिक वृद्धि, सामाजिक समावेशिता र वातावरणीय संरक्षणबिच सन्तुलन कायम गर्नु हो । यो अवधारणाले वर्तमानका आवश्यकतालाई भविष्यका पुस्ताको आवश्यकतासँग सम्झौता नगरी पूरा गर्न खोज्छ । उदाहरणका लागि, सन् १९८७ मा प्रकाशित ‘ब्रुन्डल्यान्ड प्रतिवेदन’ ले दिगो विकासलाई ‘भविष्यका पुस्ताको आवश्यकतासँग सम्झौता नगरी वर्तमानका आवश्यकता पूरा गर्ने विकास’ भनेर परिभाषित गरेको थियो । 

सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका १७ वटा दिगो विकास लक्ष्यले गरिबी निवारण, वातावरणीय संरक्षण, र सबैका लागि समृद्धि सुनिश्चित गर्न खोज्छ । यी लक्ष्यले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, शान्ति, न्याय, र संस्थागत स्थिरतालाई समेट्छ । दिगो विकासका यी लक्ष्यले समाजमा दीर्घकालीन स्थिरता र समृद्धि ल्याउने उद्देश्य राख्छन् । युएनडिपीको मानव विकास प्रतिवेदन २०२१ अनुसार, समाजमा स्थिरता र न्याय सुनिश्चित गर्न दिगो विकास लक्ष्य महत्वपूर्ण छ । 

समाजवाद भनेको आर्थिक र राजनीतिक प्रणाली हो, जसले सम्पत्तिको सामूहिक स्वामित्व, वितरणमा समानता, र सामाजिक न्यायलाई प्राथमिकता दिन्छ । समाजवादको मुख्य उद्देश्य समाजका सबै वर्ग र श्रेणीमा समान अवसर र स्रोतको वितरण सुनिश्चित गर्नु हो । उदाहरणका लागि, समाजवादले गरिबी निवारण, शिक्षा र स्वास्थ्य सेवाको सुलभता र सामाजिक सुरक्षा जस्ता महìवपूर्ण क्षेत्रमा ध्यान केन्द्रित गर्छ । माक्र्सवाद, लेनिनवाद, र माओवाद जस्ता विभिन्न समाजवादी विचारधाराले राज्यको भूमिका, सम्पत्तिको स्वामित्व र समाजमा समानता कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा भिन्नता राख्छ । सबै समाजवादी विचारधाराको मुख्य लक्ष्य भनेको सम्पत्तिको असमानतालाई कम गरेर समाजमा समानता र न्याय सुनिश्चित गर्नु हो । विश्व असमानता प्रतिवेदन २०२० अनुसार, समाजवादी प्रणालीले सम्पत्ति र स्रोतहरूको समान वितरणमार्फत असमानता कम गर्न मद्दत गर्छ । 

दिगो विकास र समाजवादका लक्ष्यबिचको सम्बन्ध गहिरो छ । दिगो विकासले प्राकृतिक स्रोतहरूको दिगो उपयोग, वातावरणीय संरक्षण, र सामाजिक समावेशिता जस्ता महत्वपूर्ण क्षेत्रमा ध्यान केन्द्रित गर्छ भने समाजवादले समानता, सामाजिक न्याय, र सम्पत्तिको सामूहिक स्वामित्वलाई प्राथमिकता दिन्छ । उदाहरणका लागि, समाजवादले स्रोतहरूको उचित वितरण, सामाजिक सुरक्षा, र गरिबी निवारणलाई प्रवर्धन गर्छ, जसले दिगो विकासका लक्ष्य प्राप्त गर्न मद्दत गर्छ । समाजवादी प्रणालीमा सरकारले समाजका आवश्यक कार्य नियन्त्रण गर्न सक्छ, जसले स्रोत, श्रम र जग्गाको दिगो उपयोग सुनिश्चित गर्न सक्छ । समाजवादले सबै सामाजिक श्रेणी र वर्गमा समानतालाई जोड दिन्छ, जसले दिगो विकासका लक्ष्य प्राप्त गर्न महत्वपूर्ण योगदान पु¥याउँछ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको २०१८ को सिफारिस अनुसार, सामाजिक सुरक्षा प्रणालीले समाजमा समानता र न्याय सुनिश्चित गर्न महìवपूर्ण भूमिका खेल्छ ।

लेखक कटक मल्लले नेपालमा राजनीतिक अस्थिरता, समाजवाद र दिगो विकासबिचको सम्बन्धलाई उजागर गर्दै आउनुभएको छ । उहाँले बारम्बारको सरकार परिवर्तनले नीति निर्माणमा अनिश्चित ल्याउने र दिगो विकासलाई बाधा पु¥याउने बताउँदै आउनुभएको छ, त्यो विषयमा पङ्क्तिकार पूरै सहमत छ । राजनीतिक अस्थिरताका कारण कुनै पनि दलले चाहेको समाजवाद व्यावहारिक रूपमा कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले त नेपालमा राजनीतिक दलहरूको नीति निर्माताले दिगो विकास अवधारणालाई समाजवादसँग जोडेर छलफल गरेको नदेखिएको भन्दै आलोचना हुँदै आएको छ । दलहरूले दिगो विकासका लक्ष्यलाई उचित सम्बोधन नगरेको भन्दै समाजवादको परिभाषालाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । 

नेपालमा दिगो विकासका लक्ष्यमा प्रगति मिश्रित रहेको छ । स्वास्थ्य, शिक्षा, र लैङ्गिक समानतामा केही प्रगति भए पनि, गरिबी निवारण र वातावरणीय संरक्षणमा अझै धेरै चुनौती छन् । संयुक्त राष्ट्रसङ्घको २०१९ को उच्चस्तरीय राजनीतिक मञ्चमा प्रस्तुत गरिएका तथ्याङ्कले पनि नेपालमा दिगो विकास लक्ष्यको प्रगतिमा मिश्रित नतिजा देखाएको छ ।

नेपालको वर्तमान परिस्थिति हेर्दा, दिगो विकास र समाजवादलाई सँगसँगै अघि बढाउन दलहरूले निम्न रणनीति अपनाउनु उचित हुन्छ । स्रोतहरूको वितरण गर्दा समानता र न्यायलाई प्राथमिकता दिनु पर्छ, जसमा भूमि, जलस्रोत, वन, र खनिज सम्पदा समावेश छन् । नीति निर्माण प्रक्रियामा सबै सामाजिक वर्ग र समुदायलाई समावेश गर्नु पर्छ, जसले नीतिहरूलाई प्रभावकारी बनाउँछ । तिनको कार्यान्वयनमा जनताको सहभागिता बढाउँछ । शिक्षा र स्वास्थ्य सेवा सबैलाई सुलभ बनाउनु पर्छ, जसले समाजमा समानता र न्यायलाई बढावा दिन्छ । वातावरणीय स्रोतको दिगो उपयोग र संरक्षणलाई प्राथमिकता दिनु पर्छ, जसले भविष्यका पुस्ताका लागि स्रोतहरूको सुनिश्चित प्रदान गर्छ । दिगो विकास र समाजवादका क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव र ज्ञान आदानप्रदान गर्नु पर्छ, जसले नेपालको विकासलाई थप प्रभावकारी बनाउँछ ।

समाजवाद र दिगो विकासबिचको सम्बन्धलाई गहिरो गरी बुझेमा मात्र नेपालको समग्र विकास यात्रा सफल र समृद्ध बनाउन सकिन्छ । नेपालका दल, नीति निर्माता र नागरिक समाजले एक साथ आएर दिगो विकास र समाजवादलाई सँगसँगै अघि बढाउन प्रयत्न गर्नु पर्छ । यसले मात्र हामीले चाहेको स्थायी, समान र न्यायपूर्ण समाज निर्माण गर्न सक्ने छौँ । समाजवादले सामाजिक न्यायलाई प्रवर्धन गर्छ, किनकि यसले समाजका सबै सदस्यलाई समान अवसर र स्रोतहरूको समान पहुँच सुनिश्चित गर्छ । यसले गरिबी निवारण मात्र गर्दैन शिक्षा र स्वास्थ्य सेवा रसामाजिक सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्रहरूमा ध्यान केन्द्रित गरेर समाजमा समानता र न्याय स्थापित गर्छ ।

नेपालमा दिगो विकासका लक्ष्यमा प्रगति मिश्रित छ । स्वास्थ्य, शिक्षा र लैङ्गिक समानतामा केही प्रगति भए पनि गरिबी निवारण र वातावरणीय संरक्षणमा अझै धेरै चुनौती छन् । दिगो विकासका लक्ष्यमा प्रगति गर्न नेपालले नीति निर्मातालाई दिगो विकास र समाजवादका सन्दर्भमा शिक्षित गर्नु पर्छ । दलहरूले पनि समाजवादी विचारधाराबारे आफ्ना नीति निर्मातालाई प्रशिक्षित गर्नु पर्छ । यसले नीति निर्माण प्रक्रियामा दिगो विकास र समाजवादी सिद्धान्त समावेश गर्न मद्दत गर्छ । 

समाजवादी नीति लागु गर्न दलले स्रोतको उचित वितरण, सामाजिक सुरक्षा कार्यक्रम, र गरिबी निवारणका कार्यक्रम समावेश गर्न सकिन्छ । दलहरूले दिगो विकास लक्ष्य प्राप्त गर्न ठोस योजना बनाउनु पर्छ, जसमा वातावरणीय संरक्षण, शिक्षा, स्वास्थ्य र सामाजिक समावेशिताका कार्यक्रम समावेश गर्न सकिन्छ । दिगो विकास र समाजवादी नीति कार्यान्वयनमा जनताको सहभागिता सुनिश्चित गर्न दलहरूले प्रयास गर्नु पर्छ, जसले नीतिहरूको प्रभावकारिता र स्थायित्व बढाउँछ । दिगो विकास र समाजवादका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र अनुभव आदानप्रदान गर्न दलहरूले प्रयास गर्नु पर्छ, जसले नेपालको विकास यात्रा लाई प्रभावकारी र दिगो बनाउन मद्दत गर्छ ।   

Author

डा. चूडाप्रसाद ढकाल