• १२ असोज २०८१, शनिबार

परराष्ट्र मन्त्री राणासँग बेलायती राजदूतको शिष्टाचार भेट

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेन शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन २४  गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि नै सौहार्दपूर्ण रहीआएको छ । रासस