• ८ मंसिर २०८१, शनिबार

हिजबुल्लाहद्वारा सैन्य कमाण्डर हत्याको बदला लिने प्रतिबद्धता

blog

लेबनान, साउन २४ गते । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले समूहका वरिष्ठ सैन्य कमाण्डर फाउद शोकोरको हत्याको कडा र प्रभावकारी बदला लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कमाण्डरको हत्याको बदला अपरिहार्य रहेको बताउनुभयो । इरान र यमनका अन्य प्रतिरोधी शक्तिहरूसँगको सहकार्यमा वा अलग रूपमा बदला लिने उहाँले बताउनुभयो ।

नसरल्लाहले उत्तरी इजरायलका कारखानाहरूमा आक्रमण गर्ने धम्की पनि दिनुभएको छ । लेबनान र इजरायलमा बेरुतको दक्षिणी उपनगरमा रहेको दाहिहमा पछिल्लो आक्रमणपछि शोकोर र सात नागरिकको मृत्यु भएपछि सावधानी अपनाएको छ ।

नसरल्लाहले बारम्बार इजरायली आक्रमणको निश्चित र पीडादायी जवाफ दिने धम्की दिनुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल