• ८ मंसिर २०८१, शनिबार

अमेरिकाको बेरोजगारी तथ्याङ्कले विश्व बजार निराश

blog

मेक्सिको, साउन २३ गते । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले विश्व बजारमा आएको गिरावट संयुक्त राज्य अमेरिकामा निराशाजनक रोजगारीका तथ्याङ्कहरू जारी गर्दाको परिणामका रुपमा चित्रण गर्नुभएको छ ।

डरले लगानीकर्ताहरुले लगानी नबढाउँदा विश्व बजारमा गिरावट आएको बताउनुभयो । विश्वव्यापी विनिमय दरहरूलाई प्रभावित बनाएको उहाँको आरोप छ ।

मेक्सिकन पेसोमा प्रभाव धेरै महत्त्वपूर्ण नभएको भन्दै केही सुस्तता भएको बताउनुभयो । मेक्सिकोसँग सुरक्षाको मार्जिन रहनुका साथै स्थानीय अर्थतन्त्रसँग बलियो सार्वजनिक वित्त र अन्तर्राष्ट्रिय भण्डार रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल