• १२ असोज २०८१, शनिबार

पाँचथरमा अपराध बढ्याे

blog

आर्थिक वर्ष २०८०।०८१को अपराध र प्रगती विवरण सार्वजनिक गर्दै पाँचथर प्रहरी प्रमुख हेमन्तबहादुर भण्डारी । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

फिदिम, साउन २० गते । पाँचथरमा एक वर्षमा दुई सय ३७ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्कले २०८० साउन १ देखि २०८१ असार मसान्त सम्ममा पराधिक घटना दर्ता भएको देखाएको हो ।

दर्ता भएकामध्ये एक सय १२ मुद्दा फर्स्याेट हुनका साथै एक सय २५ वटा प्रक्रियामा छन । यत्तिका घटनामा एक सय ७२ जना प्रतिवादी पक्राउ परेका छन् भने ३० जना फरार छन्। जिल्लामा अपराधका घटनामध्ये सबैभन्दा धेरै भवितव्य ज्यानसम्बन्धी  मुद्दा छन् । यस्तै, अभद्र व्यवहाका ३१  मुद्दा दर्ता भएकोमा ३९ जनाको संलग्नता पाइएको छ । जसमध्ये ३८ जना पक्राउ परेको प्रहरी नायव उपरिक्षक हेमन्तबहादुर भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै, वहु विवाहका १३, बैंकिङ कसुर सम्बन्धी ७, जबरजस्ती करणीका ११, चोरीका १७, फुटकर ज्यानसम्बन्धी ११, ज्यान मार्ने उद्योगका ८ वटा मुद्वा दर्ता भएका थिए । प्रहरी प्रमुख भण्डारीका अनुसार जिल्लामा उक्त आर्थिक वर्ष भरि ५३ वटा सवारी दुर्घटना भएका थिए । जहाँ ९ जनाको ज्यान जानका साथै एक सय जना घाइते भएको तथ्याङ्क छ । 

उक्त आर्थिक वर्ष भर जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय १३ वटा सवारी साधन कारबाहीमा परेका थिए । जहाँबाट १८ लाख ७७ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको पनि भण्डारीले बताउनुभयो ।

जिल्लामा उक्त आर्थिक वर्ष २१ पुरुष, ४२ महिला,७ बालक र २२ बालिका हराएको जसमध्ये १५ पुरुष,३९ महिला,७ बालक र २२ बालिका फेला परेको तथ्याङ्क छ । जिल्लाभर २३ घरेलु र ६५ वटा महिला हिंसाका घट्ना दर्ता भएका थिए । प्रहरीले सामुदायिक साझेदारी सचेतनामूलक कार्यक्रम,अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम,नागरिक सुनुवाइ र पीडित पुनः भेटघाट कार्यक्रम जस्ता अभियानलाई निरन्तरता दिएको छ । 

सो वर्ष आन्तरिक प्रशासनतर्फ कार्यसम्पादन मूल्याङ्कनका आधारमा ७४ प्रहरीलाई पुरस्कृत गरिएको,१३ जनालाई सजाय दिइएको, १ सय २४ जनालाई आधारभूत,६९ जनालाई सेवाकालिन र ५ सय ३० जनालाई घुम्ती प्रशिक्षण र अनुशिक्षण दिइएको पाँचथर प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।