• ८ पुस २०८१, सोमबार

किन खस्कियो एसइई नतिजा ?

blog

केन्द्रले नीति र विधि बनाइदिने तथा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिने हो भने स्थानीय तहले शिक्षाको विकास गर्न सक्छन् । शिक्षकले विद्यार्थीको यात्रामा सिकाइरूपी उडान भर्ने हो भने विद्यार्थी सही गन्तव्यमा पुग्न सक्छन् । शिक्षकले विद्यार्थीको पठनपाठन र सिङ्गो जीवनमा नै परिवर्तन ल्याउन सक्छन् ।

विसं १९९० भन्दाअघि नेपाली विद्यार्थीले भारतको कलकत्ता विश्वविद्यालय र पटना विश्वविद्यालयबाट कक्षा १० को अन्तिम परीक्षा दिन्थे । विसं १९९० मा नेपाल सरकारले एसएलसी बोर्ड स्थापना गर्यो । यस कामका लागि शिक्षा विभागले जिम्मा लियो । शिक्षा विभाग अन्तर्गत प्रवेशिका परीक्षा बोर्डबाट परीक्षा दिन पाउने अवसर विद्यार्थीले पाए । एसएलसीलाई केही वर्षअघि एसइईमा परिवर्तन गरियो ।

एसइई २०८० मा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यी विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भए । बाँकी ५२.१३ प्रतिशत विद्यार्थीले भने ननग्रेडेड प्राप्त गरे । यी विद्यार्थीले कक्षा ११ पढ्न फेरि पनि परीक्षा दिनुपर्ने भयो । यसरी अधिकांश विद्यार्थी ननग्रेडेड हुनुका पछाडि थुप्रै कारण छन् । यसका केही मुख्य कारण यहाँ उल्लेख गरिएका छन् ः 

अक्षराङ्कन पद्धति २०७२ सालदेखि लागु भए पनि पटक पटक परिवर्तन भएको देखिन्छ । यसरी परिवर्तन हँुदा यसलाई समयमै विद्यार्थी र शिक्षकमाझ पु¥याइ यस सम्बन्धमा जानकारी प्रदान गर्नुपर्ने थियो । विद्यार्थीलाई शिक्षकले सिकाइ व्रिmयाकलापमा सरिक गराउँदा विभिन्न शैक्षिक विधि प्रयोग गर्नुपर्ने हुन्छ । धेरै शिक्षकले सिकाइ व्रिmयाकलापमा विविधता नल्याई एउटै विधि र पद्धति अपनाउँदा विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न नसकिरहेको अवस्था देखिन्छ । 

विद्यालयमा विषय अनुसार शिक्षक पर्याप्त मात्रामा नभएको हुनाले विद्यार्थीले सबै विषयमा उत्तिकै ज्ञान तथा सिप हासिल गर्न सकेका छैनन् । विशेष गरेर अङ्ग्रेजी, विज्ञान र गणित जस्ता विषयमा विद्यार्थीले ननग्रेड ल्याएको तथ्य यथार्थ हो । विद्यालयमा साङ्गठानिक गतिविधि, राजनीतिक गुटउपगुट जस्ता विषयले प्रश्रय पाएको खण्डमा विद्यालय व्यवस्थापनदेखि शिक्षक, कर्मचारीसम्म विभाजित हुने सम्भावना रहन्छ । त्यसरी विभाजित भएपछि पठनपाठन र गुणस्तरीय शिक्षाभन्दा पनि अन्य विषयमा ध्यान जाने भएको हुनाले विद्यार्थीको पठनपाठनमा असर पुग्न सक्छ । यस सम्बन्धमा आजभोलि निकै बहस हुने गरेको देखिन्छ ।

यसै गरी, अभिभावकको उपस्थिति कम भएमा वा अभिभावक विद्यालयमा नियमित उपस्थित हुन सकेनन् भने ती अभिभावकले आफ्ना बालबालिकाको शिक्षामा सहयोग पु¥याउन सक्दैनन् । अहिलेको नतिजा अर्थात् विद्यार्थी ननग्रेडेड हुनुमा अभिभावकको भूमिका पनि कही न कही जिम्मेवार रहेको कुरालाई नकार्न सकिन्न । विद्यालयमा सुशासन हुन पर्छ । सुशासन कायम गर्ने जिम्मा प्रधानाध्यापकको हुन्छ । प्रधानाध्यापकको प्रभावकारी नेतृत्व व्यवस्थापन हुन सकेन भने शिक्षक, कर्मचारीले प्रभावकारी ढङ्गले काम गर्न सक्दैनन् । विद्यार्थीले पनि समय अनुसार सिकाउन सक्दैनन् र परीक्षामा राम्रो नतिजा नआई विद्यार्थीहरू ननग्रेडेड हुने सम्भावना रहन्छ । 

विद्यार्थीले कक्षामा नियमित उपस्थिति भई सिकाइ कार्यमा सहभागी हुनु पर्छ । सिकाइ कार्यमा सहभागी नहुँदा वा न्यून सहभागी भएको अवस्थामा विद्यार्थीले परीक्षामा राम्रो नतिजा ल्याउन सक्दैनन् । एसइई २०८० को परिणाममा पनि विद्यार्थीको सहभागिताले पक्कै भूमिका खेलेको हुन सक्छ । प्रश्नपत्रको मोडेल, उत्तर लेख्ने तरिका, मार्क स्किम र प्रश्नको खाका वा स्पेसिफिकेसन ग्रिडको सम्बन्धमा शिक्षक र विद्यार्थीलाई राम्रो जानकारी हुनु पर्छ । यदि उनीहरूलाई जानकारी छैन भने उनीहरूले परीक्षामा राम्रो नतिजा हासिल गर्न सक्ने अवस्था रहँदैन । नतिजामा यसको पनि असर परेको हुन सक्छ ।

कक्षामा भएका विविधतालाई शिक्षकले राम्ररी पहिचान गरेर त्यसलाई सम्बोधन गर्न नसक्दा विद्यार्थीको कक्षामा सहभागिताको सुनिश्चित हुन नसक्ने हुनाले विद्यार्थी सिकाइ व्रिmयाकलाप प्रभावकारी हुन सक्दैन, जसले गर्दा अधिकांश विद्यार्थीले परीक्षामा राम्रो नतिजा हासिल गर्न सक्दैनन् । शिक्षकले सबै प्रकारका विद्यार्थीलाई सिकाइमा समावेश गर्न नसक्दा पनि विद्यार्थीको सिकाइ कमजोर हुन पुग्छ । शिक्षक र विद्यार्थी कक्षामा वर्षभरि नै सहभागी भए पनि शिक्षक र विद्यार्थीको तालमेल नहुँदा वा शिक्षकले विद्यार्थीको सिकाइ क्षमतालाई ध्यान नपुर्याउँदा वा विद्यार्थीको फरक क्षमतालाई बुझ्न नसक्दा नतिजा विपरीत हुन पुग्छ । 

सुधारका उपाय

विद्यार्थीको विद्यालय सिकाइ क्रियाकलापमा प्रभावकारी बनाई समग्र एसइईको नतिजा सुधार गर्नका लागि आगामी दिनमा सम्बद्ध पक्षले त्यत्तिकै ध्यान दिनु जरुरी छ । यसका लागि निम्न कार्यहरू गर्न जरुरी देखिन्छ :

विद्यालयका शिक्षक, विद्यार्थी र सम्बन्धित पक्षलाई अक्षराङ्कन पद्धतिको समबन्धमा राम्ररी बुझाउनु पर्छ र सो अनुसारको मूल्याङ्कन प्रव्रिmयामा विद्यार्थीलाई सहभागी गराउनु पर्छ । शिक्षकलाई तालिममा सहभागी गराउनु पर्छ । विषय शिक्षकले आफ्ना विद्यार्थीलाई पाठ्यक्रम अनुसार सिकाइ व्रिmयाकलापमा सहभागी गराउनु पर्छ ।

कक्षा कोठामा विद्यार्थीको विविधतालाई पहिचान गरेर सिकाइ व्रिmयाकलाप गर्नु पर्छ । यसबाट विद्यार्थीहरू लाभान्वित हुन सक्छन् । सबै विद्यार्थी सिकाइ व्रिmयाकलापमा समावेश भएको खण्डमा मात्र सिकाइ कार्य पूर्ण हुन सक्छ र विद्यार्थीले राम्ररी ज्ञान हासिल गर्न सक्छन् । विभिन्न विद्यालयमा अझै पनि योग्य शिक्षकबाट शिक्षण क्रियाकलाप हुन सकेको देखिँदैन । यसरी योग्य शिक्षक शिक्षिकाको अभावमा सिकाइ क्रियाकलाप अधुरो बन्न जान्छ र विद्यार्थीले उक्त विषयलाई राम्रोसँग परीक्षामा लेख्न नसक्ने जोखिम रहन्छ । तसर्थ शिक्षण क्रियाकलापमा योग्य र दक्ष शिक्षकको व्यवस्था हुनु पर्छ ।

विद्यालयको पठन पाठनलाई गुणस्तरीय बनाउन नियमित रूपमा अनुगमन र निरीक्षण हुन जरुरी छ । विभिन्न कारणले विद्यार्थीको पठनपाठनमा अवरोध पुगेको हुन सक्छ । त्यसलाई व्यवस्थापन गरी विद्यार्थीको सिकाइ क्रियाकलपलाई निरन्तरता दिनु पर्छ । सिकाइ क्रियाकलाप केवल कक्षाको पठनपाठनमा मात्र सीमित नभएर विद्यार्थीको अतिरिक्त र सहअतिरिक्त क्रियाकलाप जस्ता पक्ष पनि सिकाइसँगै जोडिएको हुन्छ । यी र यस्ता क्रियाकलापमा विद्यार्थीको सहभागिता भए नभएको हेर्ने अनुगमन गर्ने कार्य भएन भने विद्यार्थीको सिकाइ कमजोर हुन पुग्छ ।

विद्यालयमा हुने सिकाइ क्रियाकलापमा विद्यार्थीको निरन्तर मूल्याङ्कन हुनु पर्छ । प्रारम्भिक कक्षा अथवा बालविकास, आधारभूत र माध्यमिक तहमा हुने पठनपाठन र सिकाइ व्रिmयाकलापलाई नियमित रूपमा मूल्याङ्कन गर्नु पर्छ । मूल्याङ्कनमा कमजोरी देखिए सुधारका लागि पृष्ठपोषण दिने कार्य गर्नु जरुरी हुन्छ । विद्यालयको भौतिक संरचना बालमैत्री हुनु जरुरी छ । भौतिक संरचनाको अभावमा कक्षामा हुने सिकाइ कार्यबाट विद्यार्थी लाभान्वित हुन सक्दैनन् । कतिपय अवस्थामा छात्र र छात्राका लागि छुट्टै सौचालय नहुँदा छात्रा विद्यार्थीलाई समस्या पर्न सक्छ ।

विद्यालयमा विद्यार्थीका लागि बालमैत्री वातावरण हुनु पर्छ । उनीहरूलाई गाली गर्ने, तर्साउने, पिट्ने कार्य कसैबाट पनि हुनु हुँदैन । विद्यालयमा त्रास र भय सिर्जना भएको अवस्थामा उनीहरूमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने स्थिति रहन्छ । यसले गर्दा उनीहरू सिकाइ व्रिmयाकलापबाट टाढा रहन्छन् र परीक्षामा उनीहरूको नतिजा पनि बिग्रन सक्ने सम्भावना रहन्छ । विद्यार्थीका लागि सूचना, सञ्चार तथा प्रविधिको राम्रो व्यवस्था हुनु पर्छ र विद्यार्थीको सिकाइमा प्रविधिलाई जोड्नु पर्छ । कक्षा कोठामा स्मार्ट बोर्डको व्यवस्था हुनु पर्छ । विज्ञान र प्रविधिको प्रयोग गरी विद्यार्थीको सिकाइमा रूपान्तरण ल्याउने प्रयास गर्नु पर्छ । विद्यार्थीको सिकाइ उपलब्धिका लागि महìवपूर्ण पक्ष अभिभावक हुन् । बालबालिकामा विभिन्न प्रकारका समस्या हुन सक्छ । विज्ञबाट बालबालिकमा भएका समस्याको निराकरण गर्नु पर्छ । 

अन्त्यमा

हाम्रो विद्यालय शिक्षा प्रणालीमा आशातीत प्रतिफल प्राप्त हुन सकेको छैन । दक्षिण एसियाली मुलुकको शिक्षा प्रणालीलाई हेर्ने हो भने दोब्बरभन्दा बढी सफलता देखिन्छ । एसइई उत्तीर्ण भएरै माथिल्लो कक्षा भर्ना हुने विद्यार्थीको गुणस्तरमाथि पनि प्रश्न खडा भएका छन् । व्यावहारिक शिक्षाको पाटोमा पनि गम्भीर रूपले सोच्नुपर्ने अवस्था छ । 

यसै गरी, शिक्षा विषय अध्ययन गरेकालाई मात्र शिक्षक बन्ने अवसर छ । शिक्षा विषय अध्ययन नगरेकाहरू शिक्षण पेसामा सहभागी हुन नपाउने प्रावधानमाथि प्रश्नचिह्न खडा भएको छ । मानविकी विषय पढेका शिक्षकले पनि विद्यार्थीलाई गुणस्तरीय ढङ्गले पठनपाठन र सिकाइ क्रियाकलाप गराउन सक्षम भएका उदाहरण छन् । 

केन्द्रले नीति र विधि बनाइदिने तथा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिने हो भने स्थानीय तहले शिक्षाको विकास गर्न सक्छन् । शिक्षकले विद्यार्थीको यात्रामा सिकाइरूपी उडान भर्ने हो भने विद्यार्थी सही गन्तव्यमा पुग्न सक्छन् । शिक्षक भनेको उदाहरणीय पात्रको रूपमा प्रस्तुत हुने एउटा रोलमोडेल पनि हो । शिक्षकले विद्यार्थीको पठनपाठन र सिङ्गो जीवनमा परिवर्तन ल्याउन सक्छन् । शिक्षकले विद्यार्थीलाई मात्र होइन, अभिभावकलाई समेत सिकाइ अभियानमा जोड्न सक्छन् । 

Author

डा. लाक्पा शेर्पा