• ४ साउन २०८१, शुक्रबार

भीरबाट लडेर एकको मृत्यु

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ), साउन ३ गते । घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका १,उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको बिहीवार बिहान सोही वडाको ठुलोरानी सामुदायिक वनको चिलाउनेबोट भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिहान ६ बजेको समयमा घरबाट घाँस काट्न निस्कनुभएका भीमबहादुर दिउँसो अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यसहित स्थानीयबासीले खोजी गर्दा भीरदेखि करिब दुई सय मिटर तल मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, परिवारका सदस्यसहित स्थानीयले थापालाई मृत अवस्थामा फेला पारेपछि दिउँसो ३ः१५ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक रायमाझीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याएको छ ।