• १ साउन २०८१, मङ्गलबार

अमेरिकामा चारजनामा बर्डफ्लुको सङ्क्रमण पुष्टि

blog

लस एन्जलस,  साउन १ गते । कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ ।

सङ्क्रमित चारैजना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ । 

यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो । यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने लक्षण देखिने गर्छन् । 

सन् २०२२ पछि कुखुरा फार्ममा काम गर्ने कामदारहरूमा बर्ड फ्लू सङ्क्रमणको यो पहिलो घटना हो । कोलोराडो कुखुरा फार्ममा काम गर्नेहरूमा एच–५ को पहिलो केस रिपोर्ट गरिएको सीडीसीले उल्लेख गरेको छ । 

बर्ड फ्लूको प्रकोपले अमेरिकाका ४८ राज्यहरूमा जुलाई १२ सम्म प्रभावित गरेको सीडीसीले जनाएको छ । 

रासस, सिन्ह्वा