• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

blog

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असार ३१ गते। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ।

सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो। 

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो। साथै पार्टी केन्द्रीय कार्यालय च्यासल पनि पुग्नुभएको थियो। 

प्रधानमन्त्रीसहित सबै मन्त्रीले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। 

यो पनि पढ्नुहोस

जेलले जन्माएको नेता ‘केपी शर्मा ओली’

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त