• १३ पुस २०८१, शनिबार

धर्म, ईश्वर र राजनीति

blog

धर्म कुनै वस्तु वा पदार्थमा रहने प्राकृतिक तथा स्वाभाविक गुण हो । हामी भन्छौँ आगोको धर्म पोल्नु, ताप दिनु हो । पानीको धर्म शीतलता दिनु र बग्नु हो । यो भन्दा हामी यिनीहरूमा रहेको प्राकृतिक गुणलाई धर्म भन्दछौँ । त्यस्तै असल आचरणलाई पनि धर्म भनिन्छ । जस्तै, मानव धर्म, पुरुष धर्म,नारी धर्म आदि । निर्जीव वस्तुको प्राकृतिक गुणमा प्राय स्थिरता हुन्छ । सजीव वस्तु त्यसमा पनि मानिसको प्राकृतिक गुण यही हो भन्न गाह्रो छ । किनकि हामी आजको मानिस बन्न धेरै आनुवंशिक परिवर्तन र सभ्यता परिवर्तन गरेर आएको छौँ ।

 प्रथम मानव बनेपछि हामी कस्ता थियौँ र हाम्रो प्राकृतिक स्वभाव र व्यवहार कस्तो थियो, यकिनका साथ कसैले बताउन सक्दैन । उपनिषद्. बाइबल, कुरानहरूले गर्ने व्याख्या ब्रह्म वा ईश्वरमा आधारित छ । समाजशास्त्री तथा विज्ञानवादीले गर्ने व्याख्या फरक फरक छन् । थोमस हब्सले मानिस व्रmुर, हिंस्रक, झगडालु रहेको मान्छन् । जोन लक, जिन ज्याक रुसोले मानिस चेतना प्रधान र सम्झौतावादी भएको बताउँछन् । डार्बिनले मानिस धेरै आनुवंशिक परिवर्तनबाट वर्तमान अवस्थामा आएकाले मानिसको चेतना, स्वभाव र गुणमा पनि व्रmमिक विकास हँुदै आएको बताउँछन् । 

आदिम युगमा मानव अति आव्रmामक थियो होला । चेतनाको विकास सँगै र कृषिको आरम्भसँगै मानवको हिंस्रक र आव्रmामक स्वभावमा परिवर्तन हुँदै आजको अवस्थामा आइपुगेको छ । तापनि मानिसभित्र विरोधाभाषी स्वभाव अहिले पनि देखिन्छ । अहिले मानिस हिंस्रक पनि हो र अहिंस्रक पनि हो । मानिस असल पनि हो र खराब पनि हो । प्रत्येक मानिसको आनुवंशिक जिन, बाल्यकाल, पारिवारिक संस्कार, सामाजिक अवस्था, व्यक्तिले प्राप्त गरेको शिक्षा र प्रत्येक मानिसभित्रको फरक संवेद्यतालगायतले मानिसको स्वभाव र व्यक्तित्वको निर्माण हुन्छ ।

आधुनिक युगमा हामीले सामान्यत बुझ्ने धर्मको उत्पत्ति कसरी भयो होला ? ईश्वरवादीको मत अनुसार बुझ्ने हो भने सजिलो छ । ईश्वरले आफ्ना अवतार या दूतमार्फत धर्मको व्याख्या र पालनको नियम बनाएको माने पुगिहाल्छ । प्राचीन हिन्दु ग्रन्थ मानिएका उपनिषद्को अध्ययन गर्दा उपनिषद्ले पनि ईश्वरीय सत्ताको अकाट्य पुष्ट्याइँ गर्दैनन् । ईशावास्योपनिषद्को प्रथम मन्त्रमा “ईशावास्यमिदं सर्वं यत्किञ्च्च जगत्याम् जगत्’’ अर्थात् संसारका सजीव निर्जीव सबै वस्तुमा ईश्वरको अंश छ भन्छ । यसैको चतुर्थ मन्त्रमा “अनेजदेकं मनसो जवियो नैनद्देवा आप्नुवन पूर्वमर्षत ।” ती सर्वात्मयामि परमेश्वर अचल हुँदाहँुदै पनी मन भन्दा पनि तीव्र वेगयुक्त छन् । ती परमेश्वरलाई देवता ऋषि कसैले पनि प्राप्त गर्न सक्दैनन् भनिएको छ । गीता दसौँ अध्यायको दोस्रो श्लोकमा पनि “न मे विदु सुरगणा प्रभवं न महर्षय ।” अर्थात् मलाई देवता ऋषिहरूले पनि जान्न सक्दैनन् भनिएको छ । अर्थात् ईश्वर दृश्य छैनन्, कल्पनातीत, अज्ञेय हुन् । बृहदारण्योकपनिषद्ले ब्रह्मको व्याख्या गर्छ । “अहं ब्रह्मास्मि” जस्ले ब्रह्म जान्दछ उसले सबैमा ब्रह्मरूप देख्छ र आफूलाई त्यसैको एक अंश मान्छ । 

छान्दोग्योपनिषद्मा ऋषि उद्दालकले पुत्र श्वेतकेतुलाई ज्ञान दिने व्रmममा भन्दछन् “तत्वमसि” त्यो तिमी नै हौ । अर्थात् ब्रह्म वा ईश्वर जे भने पनि त्यो तिमीभित्रै छ । ब्रह्म, ईश्वर, परमात्मा, परमेश्वर जे भने पनि त्यो सर्वत्र उपस्थित छ । इन्द्रियद्वारा जान्न सकिँदैन । अगम अपार छ । इन्द्रियद्वारा जान्न नसकिने ईश्वरको रचना मानिसको कल्पना हो कि मानिस ईश्वरको सिर्जना हो यो रहस्य नै छ र सायद रहस्य नै रहने छ । किनकि विज्ञानका खोजका पनि सीमा छन् । रूप, रङ्गहीन अदृश्य, अस्पर्श सत्ताको खोज र प्रामाणिकता विज्ञानद्वारा पुष्ट्याइँ हुन सक्दैन ।

भौतिकवादी दृष्टिकोणबाट पनि धर्म तथा ईश्वरको उत्पत्तिलाई कोरा कल्पना मानेर उपेक्षा गर्नु अनुपयुक्त हुन्छ । मानिसको चेतनाको विकास हँुदै गएपछि यो ब्रह्माण्डको विराटता र यसको सृष्टिको बारेमा जागेको कौतूहलताको विमर्शबाट कुनै अदृश्य सत्ताको पुनित कार्य भएको निष्कर्षमा मानिस पुगे होला । मानव समाजको विकास हँुदै गएपछि समाजलाई अनुशासनमा राख्न र खराब कर्मबाट रोक्न ईश्वर वा परमात्माको इच्छा र सन्देशको रूपमा नियम बनाए होलान् । नियमलाई पुष्ट्याइँ गरी बलशाली बनाउन विभिन्न साहित्य रचना भए जसलाई आज हामी धर्म, धार्मिक कार्य, पुण्यकार्य भन्दछौँ । यसरी हेर्दा पनि तत्कालीन समयमा ईश्वरीय सत्ता र धार्मिक नियम मानव कल्याणका लागि आवश्यक रहेको पाइन्छ । 

ईश्वर मानिसको रचना हो कि सृष्टि ईश्वरको रचना हो, यसमा बहस हँुदै जाला । भौतिकवादमा विश्वास गर्ने कतिपय विद्वान्को यो मत कि ईश्वरको अस्तित्व छैन भने पनि मानव कल्याणका लागि हामीले ईश्वरको सिर्जना गर्नु पर्छ भन्ने विचार सबैका लागि ग्रहणीय हुनु पर्छ । धर्म के हो भन्ने सन्दर्भमा गीताको पाँचाँै अध्यायको दसाँै श्लोक मननीय छ ।” ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्तवा करोति य । लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।।” कर्मको फल ब्रह्ममा समर्पित गरेर आसक्तिरहित हुँदै कर्म गर्नाले पापले छुन सक्दैन । आसक्तिरहित कर्म गर्दा गलत काम हुँदैनन् । ब्रह्ममा समर्पित गर्नु भनेका लोक कल्याणको कार्य हो । यस्तो काम गर्नु नै धर्म हो ।

ईश्वरको उत्पत्ति जगत् कल्याणको निमित्त हो । हरेक धर्मले ईश्वर एउटै छ भन्छ । धर्मका अभ्यास मात्र फरक छन् । प्रथम मानवको उत्पत्ति दक्षिण वा दक्षिणपूर्वी अफ्रिका भएको मानिए पनि त्यसपछि घुम्दै डुल्दै मानिस यो संसारका विभिन्न कुनामा पुग्यो । सिकारी अवस्थाबाट कृषि युगमा प्रवेश गरेपछि अलग अलग स्थानमा बस्ने मानिसले अलग अलग सभ्यता र संस्कृतिको विकास ग¥यो । संस्कृतिको विकासमा फरक फरक देश समुदायका भिन्न भिन्न चिन्तनशील आत्मज्ञानी व्यक्तिले समाजलाई ज्ञान सन्देश प्रवाहित गरे । हिन्दु वा सनातनधर्मीमा ब्यास, शङ्कराचार्य, मुस्लिममा मोहम्मद, यहुदीमा मोसेज, बौद्धमा बुद्ध, इसाईमा जेसस व्रmाइस्ट तथा पोप फ्र्यान्किस आदि व्यक्तिले समाजलाई ज्ञान बाँडे । यिनै व्यक्तिले बाँडेको ज्ञान सन्देशको आधार तथा भौगोलिक भिन्नता अनुसार गरिने व्यावहारिक संस्कारबाट फरक फरक धर्मको विकास भयो ।

सनातन धर्मको रूपमा विकास भएकाले हिन्दु धर्मले सुरुमा विरोधको सामना गर्नु परेन । विगतमा हिन्दु धर्म सबै धर्मप्रति सहिष्णु रहेको पाइन्छ । हिन्दु धर्मपछि यहुदी धर्मको विकास भयो । यसले पनि स्थापना हँुदा विरोधको सामना गर्नु परेन । इस्लाम धर्म सुरु गर्दा मोहम्मदलाई मक्काबाट खेदिएर मेदिना जानु प¥यो । पछि मक्कामा आव्रmमण गरी विजय भएपछि इस्लाम धर्म अरब जगत्मा विस्तारित भयो । इसाई धर्मका संस्थापक जेसस व्रmाइस्टलाई व्रmसमा झुन्डिएर मारिनु प¥यो । उपनिषद्, कुरान बाइबिलमा आध्यात्म ज्ञान आत्म चिन्तनका सन्देश छन् । 

रामायण महाभारत तथा पुराणहरूमा ईश्वरका अवतारले दुष्टहरूलाई संहार गरेको भनेर हिंसालाई स्थान दिइएको छ । इस्लाम र इसाई धर्मावलम्बीमा त धर्म स्थापना नै हिंसा तथा बल प्रयोगबाट भएको छ । यसले जे जस्तो रूपमा भए पनि शक्तिसँग धर्मको सम्बन्ध देखिन्छ । के यो मानिसको सुरुवातको हिंसात्मक स्वभावको प्रतिविम्ब हो कि असल कामको आरम्भ गर्दा खराबको दमन गर्नु पर्छ भन्ने सन्देश हो ?

धर्माचरणलाई ईश्वरीय आज्ञाको अनुपालन मानिन्छ । ईश्वरवादीका लागि ईश्वर नै सार्वभौम सत्ता हो । उसैको इच्छाअनुसार यो ब्रह्माण्डको निर्माण भयो र जीव उत्पत्ति भए । ईश्वरीय शक्तिले नै यो जगत् चलायमान छ । मध्ययुगमा यही सिद्धान्त अनुसार राजाहरूले शासन गरे । राजाहरूलाई ईश्वरीय शक्ति प्राप्त वा ईश्वरको प्रतिनिधि मानियो । सुरुमा धर्माधिकारी र राजाको सहकार्य भए पनि पछि राजा र धर्माधिकारी बिच विवाद सुरु भयो । 

युरोप र अमेरिकामा चर्च तथा पोप पादरीहरू र राज्यको बिचमा अधिकार क्षेत्रको विषयमा विवाद बढ्यो । शासनको जनतान्त्रिकरणको सुरुवातसँगै धर्म र राज्यलाई अलग राख्ने विचार विकसित हुँदै गयो । सन् १६४४ मा सर्वप्रथम धर्मशास्त्री रोजर विलियमले धर्म र राज्यलाई अलग नगराएको खण्डमा राज्य र धार्मिक संस्था दुवै भ्रष्ट हुने तसर्थ राज्य धर्म निरपेक्ष रहनु पर्ने विचार राखे । अमेरिकी संविधानको प्रथम संशोधनको समयमा डेनवरी बापिस्ट एसोसिएसनलाई लेखेको चिठीमा राष्ट्रपति थोमस जेफर्सनले धर्म मानिसको विशुद्ध व्यक्तिगत आस्थाको विषय भएकाले आस्था तथा विचारमा राज्यको वैधानिक अधिकार तथा नियन्त्रण 

न रहने, मानिसको कर्मको बारेमा मात्र सरकारले कानुन बनाउन सक्ने भन्दै धर्म निरपेक्ष राज्यको अवधारणा विकसित गरे । अहिले संसारका अधिकांश लोकतान्त्रिक देशले धर्म निरपेक्ष संविधान बनाएका छन् ।

राजनीतिमा धर्मको प्रयोग गर्न छाडिएको छैन । विशेष गरी पाखण्डी प्रियतावादीहरू धर्म र राष्ट्रियतालाई सत्ता प्राप्तिको साधन बनाउँछन् । स्वस्थ जनतन्त्रमा धर्म व्यक्तिको आस्था र विश्वासको विषय हुन्छ । राष्ट्रियता स्वतःस्फूर्त साझा हुन्छ । पाखण्डी राजनीतिज्ञले बहुमत धर्मावलम्बीको आस्थाको शोषण गर्दै काल्पनिक भय सिर्जना गर्छ । एकताबद्ध समाजलाई विभाजन गरी जनतन्त्रलाई विकृत बनाउँछ । धर्म र राज्यलाई अलग न गर्ने हो भने दुवै भ्रष्ट हुन्छन् भन्ने रोजर विलियमको भनाइ धूर्त राजनीतिज्ञको कृत्य र परिणामले प्रमाणित गरेको छ । धर्मको अर्थ मानव कल्याण, जगत् कल्याण हो । 

राज्य र सरकारको काम सर्वजन हित हो । अल्पमत बहुमतको कुरा मात्र होइन शासकले एउटा व्यक्तिको आवाजको पनि कदर गर्नु पर्छ भन्ने सन्देश रामायणले दिएको छ । पाखण्डी रामको मूर्ति त स्थापना गर्छन् तर आधुनिक धर्मसभामा आफ्नो विरोध गर्नेलाई सभाबाट नै निष्कासन गर्छन् । कुनै पनि धार्मिक मतले अर्को धार्मिक मतप्रति घृणा फैलाउँदैन । महाभारतमा भनिएको छ, त्यही धर्म अपनाउनु पर्छ, जसको अन्य धर्मसँग विरोध नहोस् । पाखण्डी राजनीतिज्ञको कारणले इसाई मुस्लिमको जुन द्वन्द्वमा आज युरोपियन समाज बाँडिएको छ र विगतमा मुस्लिम तथा इसाई आव्रmमणको पीडा हिन्दु सभ्यताले सहनु प¥यो, त्यही गल्ती हिन्दुहरूले दोहो¥याउनु इतिहासबाट शिक्षा न लिनु हो । साथै हिन्दु धर्मलाई नबुझ्नु पनि हो ।

Author

रेवतीप्रसाद भुसाल