• ९ वैशाख २०८२, मङ्गलबार

अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

blog

तम्घास, वैशाख १८ गते । ३५ वर्षीया अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय  पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

शारीरिक रुपमा अशक्त महिलालाई मुसिकोट नगरपालिका वडा नम्बर २ का ५८ वर्षीय झुपे सार्कीले जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार पक्राउ गरेको जनाएको छ । 

सार्कीले वैशाख १५ गते दिउँसो जबरजस्ती करणी गरेको उजुरीको आधारमा  पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले  जानकारी दिनुभयो ।

सार्कीलाई   जिल्ला अदालत गुल्मीबाट  १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको  खरेलले  जानकारी दिनुभयो । 



Author

तिलाचन पाण्डे