• २० असोज २०८१, आइतबार

युवा महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

blog

काठमाडौँ, असार २४ गते । युवा गैरसरकारी संस्था महासङ्घका नव निर्वाचित अध्यक्ष नारायण गिरी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  यूथ लिडरसिप समिट २०२४ ले जारी गरेको २१ बुँदे घोषणा पत्र हस्तान्तरण गर्दै युवाको एजेन्डामा ध्यानाकर्षण गराएको छ ।

महासङ्घ र राष्ट्रिय युवा परिषद्द्वारा दुई दिनसम्म काठमाडाैँ आयोजित हालै सम्पन्न यूथ लिडरसिप समिटमा देशभरिका दुई सय बढी युवाहरूले युवाका समस्या, सम्भावना र चुनौतीका विषयमा छलफलबाट निष्केका निष्कर्षलाई २१ बुँदे घोषणापत्रका रूपमा जारी गरेको थियो । समिटको तर्फबाट २१ बुँदे घोषणा पत्र पेस गर्दै अध्यक्ष गिरीले नेपालमा युवा वर्ग जुन सुकै आन्दोलनमा प्रयोग भए पनि निर्णायक र नीतिगत पहुँचमा अर्थपूर्ण युवा सहभागितामा नभएकाले नेतृत्वमाथि आशङ्का रहेकोले अब सुधार गरेर लैजानु पर्ने बताउनु भयो । 

घोषणापत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली युवाहरूको क्षमता अभिवृद्धि गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आफूहरू युवाका मुद्दामा सकारात्मक रहेको बताउनु भयो ।  महासङ्घले नेपालमा युवा मैत्री  शासन स्थापना र युवा सशक्तीकरणका मुद्दामा दुई दशकदेखि  राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक युवा संस्थाहरूको तर्फबाट पैरवी गर्दै आएको छ ।