• १२ साउन २०८१, शनिबार

लगानी सहजीकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

blog

काठमाडौँ, असार २३ गते । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाको बैठकबाट पारित भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार गरी पारित गरेको हो ।

सभामा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथि सांसदहरूले दफावार छलफल समेत गरेका थिए । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाको बैठकबाट सर्वसम्मतिले पारित भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।