मानिस हामी मनका धनी । धनधान्य धनसारका धनी ! कृषिप्रधान देश नेपाल वर्चस्वशाली । धान नेपाली परिधान । परिधान सुन्दर सौन्दर्यका लवाइखवाइ अनि नभनूँ नै किन हवाई । उच्च उडान ! सम्पूूर्ण प्रहरका उडान ! कम्पास–राडर–यावत् दिक साधन यन्त्र छन्– हवाई उडान यन्त्रमा । अचेलका अत्याधुनिक परिधान !
मनभरि उडान यन्त्र जडी भरिरहेथेँ गोरखापत्र राष्ट्रिय दैनिक २०८१ असार ३ सोमबार । ‘प्रयोग गर्न नजान्दा गुम्दै छ नाइट्रोजन’ मा आँखा गड्यो । पढ्दै गएँ, हेर्दै, रमाउँदै । गोठेमलमाथि अनुसन्धान अन्वेषण गर्दै आएका कृषि प्रसार अधिकृत कृष्ण धितालले ‘पशु गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने’ बताउनुभएको पढेँ । दैनिक जीवनमा सामान्य रहेर नि महत्वपूर्ण प्रसङ्गले प्रफुल्लित बनेँ । पशुधनले पाचन गरेका घाँसपात दाना २० प्रतिशत शरीरमा लाग्ने ५२ प्रतिशत मूत्र बनी निस्कने रैछ । वैज्ञानिक तवरले खोज अनुसन्धान भए गरेको रोचक घतलाग्दा प्रसङ्गले मनमस्तिष्कमा गड्यो । मनमा गड्नु जे थियो, त्यसले हाम्रै अग्रजले गर्दै गरेका आत्मनिर्भर प्रथा प्रणाली सम्झन पुगेँ । करिब छ दशक अगाडिसम्म नेपाल कृषिमाथि निर्भर सच्चा कृषिप्रधान देश नै थियो । भन्न त अझै नेपाललाई कृषिप्रधान मुलुक नै भन्ने गरिएको छ । लाग्छ यो कतै आढेँ गोठेटार मात्र !
जे होस् धितालज्यूको प्रयास स्तुत्य छ नितान्तै । कृषिप्रधान देशको सही सलामत अभ्यन्तर आत्मनिर्भर समाज स्थापना–निर्माण गर्नु नै हो । पुर्खाले आर्जेको सम्पत्ति यिनै आत्मनिर्भर समाज निर्माण गर्नु नै त हो । आत्मनिर्भर समाज स्थापनाबिना समृद्ध समाज सम्भव नै कसरी ? पुर्खाको अनुपम उपहार पुरस्कार जे भनौँ आत्मनिर्भरता नै ... ! आत्मनिर्भरता हाकिमी पाराका अरूलाई अराउपराउ चित्तवृत्तिधारी न त प्रशासकीय पारा अन्तःस्करणमुखी राजनीतिक योगीहरूका बकुलाभगत पाराले नै सुध्रिएला ? सन्देह नै छ !
हाम्रा पूर्वज कृषिवाल केही हिचकिचाहटबिना घिन नमानी दुर्गन्ध मलमूत्र र परालै त्यान्द्रा छ महिनासम्म कुहाई हातैले उठाई फोहोर पानी टपटप नचुहुने गरी सुकाउँथे । प्रत्यक्ष आँखैदेखि साक्ष आफ्नै । ग्राम विकास केन्द्रहरूमा काम गर्दा आर्जेको यो आर्जन आफ्नै अनुभूति उपहार गोरखापत्र माध्यम आमनेपाली चेतलाई !
अनुसन्धानबिना नै आत्मानुभूति साजवाज बनेथे पूर्वज हाम्रा पुर्खाले । खोल्सा खोल्सा हुने गाउँठाउँमा खरानी, पिना, गिट्ठा हात सफाइका साधन ! न प्लास्टिकका पन्जा थिए हाम्रामा । कोरा कपडाका पटुका हात पुछ्ने रुमाल । कोरा कपडा कोरा जीवन । पुर्पुरो हाम्रा अनि आफ्नीय पूर्वज, पुर्खाका । आफूलाई तिनका वंशज सन्तति भन्न किन हिचकिचाउने अचेल ... ! ! !
लाग्छ कृषियोग्य खेत, फाँट बाँकी रहेका भूभागमा हुने खानेले आफ्नै मलखाद बनाउने खाडल निर्माण गरे ! अलि कृत्रिम नाइट्रोजन – चिनी मल । अलिकति फोसफरस छर्कौं । प्राङ्गारिक मल छिट्टै पाक्ने छ । यो पनि कृषि पेसामा निरन्तर चुर्लुम्मिएका कृषक बन्धुबान्धवका आत्मानुभावसिद्ध मर्मकथा रहेबनेका छन् । यी अनुभव सिद्ध मर्म सहृदय पाठकवृन्दमा सिन्दूर नछर्कौं नै किन र ? उदार चित्तले राष्ट्रलाई नै उद्धार गर्छ । भवतु सर्वमङ्गल माङ्गल्यम् ।
यही प्रसङ्गमा आफ्नै अनुभवका एक झिनो प्रसङ्ग प्रस्तुत किन नगरुँ लागिरहेछ । सहृदय शुभचिन्तकका अनुमति नै होला ठान्छु ! म कर्णाली–भेरी एकीकृत ग्रामीण विकास परियोजनाका विकासे प्रथम श्रेणीका समन्वयकर्ताको भूमिका निर्वाह गर्दै थिएँ । त्यस परियोजनाको कार्यक्षेत्र सुर्खेत, दैलेख, जुम्ला तीन जिल्ला । नामैले ग्रामीण विकास परियोजना । गाउँ डुलेर गाउँलेका समस्या बुझ्ने, आफूले जानेबुझेका, सिकेका अनुभव आपसमा बाँडचुँड गर्न योग नै थियो । प्रसङ्गवश बिहान १० बजेतिर एक किसान बन्धुका घरआँगनमा भैँसी बाँधेको पाएँ । पक्कै दुधभात खान पाइँदो हो ठानेर घरपति किसानसित सोधेँ, “ए भाइ हामी ग्राम विकासका कर्मचारी । डुल्दै, फिर्दै आउँदा यतिबेला तपाईंकहाँ आइपुगेँ । हामी तीन जना छौँ । एक जना क्यानेडियन, एक जना अगुवा र म । चामल, तरकारी जे छ, दुध पक्कै होला । आँगनमा भैँसी पाल्नुभएको छ ।” छ, छ, दिउँला भनेर भित्रबाट सबै सरजामसहित निस्के । अगुवा भाइले म पकाउँछु । दुई पैसा देऊ दुई पैसाको तेल पनि, घसि पनि देऊ ! बाजेको पालाको उखान सम्झी हाँसे ! यो उखान युगपारिको । २०८१ साललाई थाहा हुनु कसरी ... ?
एकै क्षणमा यी दुई दृष्टिछेउको बारीको यामानको सुन्तलाको बोटमा खर्लम्म प¥यो । यत्रो सुन्तलाको बोटलाई के भएको रहेछ ? देखाउनुभएन ? देखाएँ । जेटिओ साबले अनेक औषधी छर्कनुभएथ्यो । केही लागेन । सुकेर गयो । नाइटो दुखेको कपालमा ओखती हालेर कहाँ हुन्छ ? मैले भनेँ । तपाईंसित सानो कुटो, कोदालो त होला नि ? छ हजुर भन्दै सामग्री लिएर आए । खै ल्याउनुहोस्, म खन्छु । हजुरलाई कहाँ दुःख ? मै खन्छु भन्दै तम्तयार भए । बिस्तारै खन्दै गर्नूस्, खुम्ले किरा सलबलाउँदै छट्पटिन थाले ।
खुम्ले किराले बोटको जरा निमोठ्दै खान्छन् । जरै नभएपछि बोट खरमखुरुम झरमझुरुम हुने नै भए । यसको निदान उपाय के त ? तपाईंले भैँसी, बाख्रा सुन्तलाको बोटमा बाँध्नुभएन । अन्तै किला ठोकेर बाँध्नु प¥यो । एकै बोटमा लामो समय बाँधे मलमूत्रले खुम्ले किरा उत्पन्न गर्छ । ठिक भए मल– पोषण तŒव । अति भए विष तŒव । यस मन्त्रलाई जप्नूस्, व्यवहारमा उपयोग गरौँ । यही हो, जयतु संस्कृतम् मन्त्रको गुह्य ! ! ! हेतु ! ! ! कृषि प्रचार अधिकृत धितालजी र गोरखापत्र राष्ट्रिय दैनिकलाई कृतज्ञता ज्ञापन !
लेखनीलाई थाम्नै पर्छ । थाम्नुभन्दा अगाडि मनका बह कसैलाई नकह पुख्र्यौली टुक्कालाई युगानुकूल बनाउनु पो जाति हुँदो हो ! ... पशुधनले वार्षिक १३६ किलो युरिया ८० किलो नाइट्रोजन उत्पादन हुन्छ भने देशैभरका पशुधनले उत्पादन गर्ने यी मललाई निर्भरतामूलक पदार्थ नमानौँ कसरी ? हामी मानव प्रदायहरू नि चेतनशील प्राणी ! यिनले पनि त केही घटीबढी अनुपातमा युरिया र नाइट्रोजन हुने क्षमता धारण गरेकै हुनुपर्दो हो ! यसतिर पनि वैज्ञानिक चिन्तन गर्ने हो कि ?