• २४ असार २०८१, सोमबार

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

blog

काठमाडौँ, असार २१ गते । गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा ढकासँगै आर्या वाणीको स्वर छ । कार्यक्रममा बोल्नुहुँदै गायक रामकृष्ण ढकालले आफ्ना पुराना गीतहरु सुन्दै आएका सर्जकका लागि नयाँ किसिमको रहेको बताउनुभयो । उहाँले गीत आफूहरुको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो गीतमा अलि नयाँ छ, मेरा पुराना गीत सुन्दै आउनुभएका र नयाँ गीत सुन्न चाहनेहरुका लागि यो गीत मन पर्छ भन्ने लाग्छ । हामीले आफ्नो हिसाबले राम्रो गरेका छौँ । मुख्य कुरा दर्शकशहरुको हो ।’’

गायक ढकालले दर्शकहरुको मायाकै कारण आज आफू रामकृष्ण ढकाल बनेको भन्दै अझै माया पाउने आशा व्यक्त गर्नुभयो ।