• २४ असार २०८१, सोमबार

लुम्बिनीमा नयाँ सरकार गठनका लागि एमालेले लियो अग्रसरता

blog

छविलाल पाण्डे
बुटवल, असार २१ गते ।
लुम्बिनी प्रदेशमा नयाँ सहमतिको सरकार बनाउन नेकपा (एमाले)ले अग्रसरता लिएको छ । एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै प्रदेश प्रमुख अमिक शरेचनलाई औपचारिकरुपमा पत्र बुझाएको छ ।

एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलसी चौधरीले लुम्बिनी प्रदेशमा सहमतिको सरकार गठनका लागि पहल सुरु भएको बताउँदै लुम्बिनी प्रदेश प्रमुखको कार्यालयलाई औपचारिक जानकारी गराएको बताउनुभयो ।

यसअघि एमालेले बिहीवार साँझ नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता मुख्यमन्त्री जोखबहादुर महरासमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । बिहीबार साँझ नै लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिनुभएको थियो ।

प्रमुख सचेतक चौधरीले सहमतिको सरकार गठनको प्रक्रियालाई छिट्टो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख अमिक शेरचन बुटवल बाहिर रहेकोले प्रदेश प्रमुखको कार्यालय बुटवलकी उपसचिव धर्मा अर्यालले एमालेका तर्फबाट जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको निर्देशन अनुरूप अगाडि बढ्ने बताउनुभयो ।