• २४ असार २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

blog

भावना जोशी                             

अत्तरिया, असार २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा [एमाले]ले दिएको समर्थन फिर्ता लिइएको छ । एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो । 

नेकपा [एमाले]बाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा  दिनुभएको हो । नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । उहाँले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको  बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकार अब अल्पमतमा परेको छ  भने उता नेपाली काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि छलफलमा जुटेका छन् ।