सबै परिवेश, सबै समुदाय र सबै वर्गका विद्यार्थीलाई समान रूपले एउटा उर्वर धरातल निर्माण गरिदिने लक्ष्यका साथ स्थापना भएको शैक्षिक संस्था हो, द टाइम्स इन्टरनेसनल कलेज । यही लक्ष्य पहिल्याउँदै कलेजले दुई दशकभन्दा बढीको यात्रा तय गरिसकेको छ र यस अवधिमा कलेजले बहुआयामिक उत्कृष्टता हासिल गर्दै अभिभावक र विद्यार्थीबाट अटल विश्वास कमाएको छ । यहाँको मूल आकर्षण भनेको गुणस्तरीय शिक्षा नै हो ।
आज विश्व रोजगार बजारले खपत गर्ने प्रतिस्पर्धी जनशक्ति तयार गर्ने प्रतिबद्धताका साथ कलेजले प्रविधिमैत्री कक्षाकोठामा प्रयोगात्मक शिक्षा दिँदै आएको छ । यद्यपि विद्यार्थीले शिक्षा आर्जन गरेर मात्र पुग्दैन, सामाजिक मूल्य मान्यताले सुशोभित पनि हुनु पर्छ भन्ने कुरालाई कलेजले जोड दिएको छ । त्यही अनुरूप विद्यार्थीलाई यस्ता गतिविधिमा सहभागी गराइन्छ, जसले उनीहरूमा जीवन र जगत्लाई हेर्ने एवं बुझ्ने दृष्टिकोण फराकिलो हुन्छ । शैक्षिक ज्ञान र सिप मात्र नभई ‘असल मानव’ बन्नका लागि कलेजले प्रेरणादायी वातावरण मिलाएको छ । हरेक विद्यार्थीलाई आद्वितीय विशेषता र विशिष्ट क्षमता बोकेको व्यक्तित्व मान्दै सफलतातर्फका फरक फरक सम्भावनाको पहिचान गरी उपयुक्त मार्गनिर्देश गर्ने र पृष्ठपोषण दिने काम कलेजले गर्दै आइरहेको छ ।
साथसाथै विद्यार्थीको व्यक्तित्व विकास गर्न, नेतृत्व क्षमता विकास गर्न कलेजले विभिन्न कार्यक्रम गर्दै आएको छ । खेलकुद, कला साहित्य, मनोरञ्जन आदिबाट विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन पनि कलेजले सहयोगी भूमिका निर्वाह गरिरहेको छ । काठमाडौँको डिल्लीबजारमा अत्याधुनिक भौतिक पूर्वाधारसहित रहेको टाइम्स कलेजमा शैक्षिक साधनस्रोत, प्रयोगशाला, खेलमैदान जस्ता सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।