• १७ असार २०८१, सोमबार

जङ्गली च्याउ खाँदा दुई जना बिरामी

blog

राममणि दाहाल
हेटौँडा, असार १५ गते ।
 जङ्गली च्याउ खाएर मकवानपुरको बकैया गाउँपालिका ११ स्थित सिमलट्वाकका दुई जना बिरामी भएका छन् ।

स्थानीय प्रेमलाल न्यासुर र उहाँका श्रीमती फूलमाया मोक्तान जङ्गलबाट ल्याएको जङ्गली च्याउ खार्दा बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

५० वर्षीय प्रेमलाल न्यासुर र ३३ वर्षीया फूलमायाले जङ्गली च्याउ सेवन गर्दा बिरामी भएपछि हेटौँडास्थित सन्चो अस्पताल उपचार भइरहेको छ । प्रहरीका अनुसार जङ्गली च्याउ खाएर बिरामी भएका प्रेमलालको अवस्था सामान्य र फूलमायाको अवस्था मध्यम रहेको छ ।