• १६ असार २०८१, आइतबार

फरार व्यक्ति तीन वर्षपछि पक्राउ

blog

प्रहरीद्वारा पक्राउ गरिएका फुर्वा दोर्ची शेर्पा।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १३ गते। ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मैवाखोला गाउँपालिका–५ का ५३ वर्षीय फुर्वा दोर्ची शेर्पालाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शेर्पा बुधबार पक्राउ परेका हुन्। 

तीन वर्षअघि उच्च अदालत विराटनगर, इलाम इजलासबाट दोषी ठहरिएका शेर्पालाई घरगाउँमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो।

पक्राउ परेका शेर्पालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई फैसला कान्र्यावयनका लागि जिल्ला कारागारमा पठाइएको प्रहरीले जनाएको छ। 

इलाम इजलासले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै शेर्पाविरुद्ध २०७८ साल बैशाख १२ गते एक वर्ष कैद र १० हजार रुपियाँ जरिवाना हुने फैसला सुनाएको छ। अदालतको फैसलापछि शेर्पा रहेका थिए।