वि. सं. १९५८ वैशाख २४ गते साप्ताहिक समाचारपत्रका रूपमा पहिलो पटक प्रकाशनमा आएको दक्षिण एसियाकै पुरानो छापा गोरखापत्रले सूचना र विचार प्रवाह गर्नुका साथसाथै परोक्षमा समाजको भाषा संस्कार पनि सम्प्रेषण गरेर युग निर्माणमा समेत परोक्ष रूपमा महìवपूर्ण योगदान गरेको छ । पत्रकारिता भाषा तथा सूचना, विचारको सम्प्रेणद्वारा सांस्कृतिक चेतनासँग सिधै जोड्न सकिने भएकाले गद्य भाषा–शैलीको निर्माण र परिष्कारमा गोरखापत्र र यसकै भगिनी प्रकाशन मधुपर्कले महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । मधुपर्क नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा आफैँ एउटा इतिहास बनिसकेको छ । नेपाली भाषा, कला–साहित्यि र संस्कृतिको उन्नयनमा नेतृत्वदायी योगदान पु¥याउँदै आएको छ । मधुपर्कले प्रकाशनको ५६ वर्षमा ६५५ अङ्क प्रकाशित गरेर नेपाली साहित्यिक पत्रकारिताको इतिहासमै सर्वाधिक अङ्क प्रकाशनको गौरवशाली इतिहास मात्र बनाएन कतिपय सन्दर्भमा कोसेढुङ्गा नै बन्यो ।
विसं १९५५ अर्थात् नेपाली साहित्यको माध्यमिक कालमा प्रारम्भ भएको नेपाली साहित्यिक पत्रकारितामा शारदा (१९९०) ले आधुनिक साहित्यको युग प्रारम्भ ग¥यो भने रूपरेखा (२०१७) ले प्रयोगवादी धाराको विकास ग¥यो । त्यसरी नै मधुपर्क (२०२५) ले यी दुवै धारालाई साथसाथै अघि बढाएर त्यसमा समसामयिक र अस्तित्ववादी धाराको समेत प्रवेश गरायो । मधुपर्कको अर्को विशेषता विशिष्ट विशेषाङ्कको परम्परालाई निरन्तरता दिनुमा रह्यो । २०२९ सालमा कला विशेषाङ्कबाट प्रारम्भ भएको यसको विशेषाङ्क परम्परामा लगत्तै पछिल्लो वर्ष प्रकाशित कथा विशेषाङ्क नेपाली कथाहरूको प्रतिनिधि सङ्ग्रहकै रूपमा स्थापित भएको छ । त्यसपछि पनि २०३७, २०५०, २०५६, २०५९, २०६० र २०६५ मा गरी सात वटा कथा विशेषाङ्क प्रकाशित भए भने तीनमध्ये एक एक वटा लघुकथा, लोककथा र यौनकथा सङ्ग्रह थिए । यो ५४ वर्षको अवधिमा कथाबाहेक पनि वाङ्मयका अनेकौँ विधामा चार दर्जन जति विशेषाङ्कको प्रकाशन मधुपर्कको महìवपूर्ण विशेषता हो । यसरी विषय र विधालाई केन्द्रमा राखेर निकालिएका विशेषाङ्कका अतिरिक्त पनि मधुपर्कले अरू दर्जनौँ स्रष्टा केन्द्रित विशेष अङ्कहरू प्रकाशित गरेर निकै ठुलो योगदान गरेको छ ।
मधुपर्कको अर्को विशेषता यसका सम्पादन समूहमा नेपालका स्वनामधन्य विशिष्ट स्रष्टाहरूको प्रत्यक्ष परोक्ष संलग्नाता पनि हो । मधुपर्कको साढे पाँच दशकीय जीवनमा यसले धेरै स्वनामधन्य सम्पादकहरूको सीप, दक्षता र माया पायो । नेपाली पत्रकारिताका अत्यन्त श्रद्धायोग्य सम्पादक गोपालप्रसाद भट्टराईको प्रधान सम्पादकत्वमा प्रकाशन प्रारम्भ भएको मधुपर्कको सम्पादन समूहमा नारायणबहादुर सिंह, भैरव अर्याल, दाताराम शर्मा, केशवराज पिँडाली, कृष्णभक्त श्रेष्ठलगायत अन्य केही साहित्यकारको समेत प्रत्यक्ष सहभागिता रह्यो । बालकृष्ण सम, कमलमणि दीक्षित, तुलसीप्रसाद ढुङ्गेल आदिले यसलाई स्तरयुक्त बनाउन परोक्ष सहयोग रह्यो । नेपाली साहित्यिक पत्रकारितामा यति धेरै विशिष्ट स्रष्टाहरूको सेवा सुश्रूषा पाउने सायद नै अर्को कुनै पत्रिका होला । यो पनि मधुपर्कको अत्यन्त उज्ज्वल पक्ष हो ।
मधुपर्क यस अङ्कबाट प्रकाशनको ५६ वर्ष पूरा गरी ५७ औँ वर्षमा प्रवेश गर्दै छ । नेपाल जस्तो प्रकाशन उद्योगको अझै पनि आवश्यक विकास हुन नसकेको तथा साहित्यलाई अनुत्पादक ठानिने समाजमा कुनै पनि साहित्यिक प्रकाशनले यति लामो जीवन पाउनु कम गौरवको विषय होइन । यो गौरव मधुपर्कका साथै रचना र अभिव्यक्तिले प्राप्त गरेका छन् । नेपाली भाषा–साहित्य र संस्कृतिको विकासमा सघाएर नयाँ राष्ट्रिय संस्कृतिको निर्माण गर्ने कार्यमा भूमिका खेल्दै आएको गरिमामय प्रकाशन मधुपर्कले यसरी नेपाली साहित्यिक पत्रकारितामा उल्लेख्य योगदान गरेको स्वीकार्नु पर्छ । आआफ्ना युग निर्माण गरेका पूर्ववर्ती शारदा, रूपरेखा, प्रगति, नेपाली, रत्नश्री, आदि अब आफैँ इतिहास बनिसके । अन्य पूर्ववर्ती प्रकाशन रचना कठिनतापूर्वक यात्रा गरिरहेको छ । उत्तरवर्ती प्रकाशनहरू केही धर्मराउँदै प्रकाशित भइरहेका छन् । केही इतिहास बनिसके । यस पृष्ठभूमिमा मधुपर्कले नेपाली साहित्यिक पत्रकारिताकै इतिहासमा सर्वोच्च अभिलेख बनाएको छ, गरिमा धानेको छ । यस्तो गरिमायुक्त प्रकाशनमा विविध भूमिका र हैसियतबाट प्रत्यक्ष÷परोक्ष सम्बन्ध रहनु मेरो पनि जीवनकै नबिर्सने केही क्षणमध्ये हुन् ।
यति गौरवशाली प्रकाशन मधुपर्कको यो ५६ वर्षे यात्रामा यससँगको मेरो सहयात्रा पनि ५३ वर्ष पुगिसकेछ । सर्वप्रथम यसमा छापिएको एउटा अनुवाद कथाबाट मेरो मितेरी गाँठो कसिएको थियो मधुपर्कसँग । बेलायती लेखक साकी अर्थात् एचएन मुन्रोको एउटा छोटो कथाको मेरो अनुवाद २०२७ सालको असोज अङ्कमा छापिएसँगै २०३१ साल फागुनमा छापिएको सालिकभित्रको खोव्रmो मान्छे शीर्षक मौलिक कथाबाट अघि बढेर आजपर्यन्त अविच्छिन्न गतिमान छ । त्यसमाथि कुनै कालखण्डमा मैले यसको सम्पादकका रूपमा सम्पादकीय र कार्यकारी अध्यक्षका रूपमा प्रकाशकीय नेतृत्वसमेत गर्ने अवसर पाएको थिएँ । यो मेरा लागि अर्को गौरवको विषय मान्छु म । ती कालखण्डमा केही काम गर्ने मौका पनि पाएको हुँ । त्यो लामो कालखण्डमा यससँग गाँसिएका अनेकौँ घटना र सन्दर्भको सम्झना भइरहेको छ अहिले । तीमध्ये यहाँ मधुपर्कसँग गाँरिएका केही घटना–सन्दर्भको स्मरण गर्नु सान्दर्भिक नै हुने छ ।
सुरुमा मधुपर्कको प्रकाशन हुँदा त्यसको अलग्गै सम्पादन समूह वा विभाग थिएन । मधुपर्कको सम्पादन पनि गोरखापत्रकै प्रधान सम्पादक हुने गर्दथ्यो । त्यसैले मधुपर्कको पहिलो अङ्क गोरखापत्र दैनिकका तत्कालीन सम्पादक गोपालप्रसाद भट्टराईको सम्पादनमा प्रकाशित भयो । सहायक भनेर छापिए पनि काम गर्ने खास व्यक्तित्वहरू हुनुहुन्थ्यो– नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल ! कला–भाषा र साहित्य चेतका यी त्रिरत्नका पछाडि त्यतिबेलाका साहित्य महारथिहरूका सरसल्लाह र सहयोगसमेत दरिलोसँग साथ थियो । गोरखापत्रकै प्रधान सम्पादक मधुपर्कको पनि सम्पादक हुने यो व्रmम पछिसम्म नै अर्थात् २०४१ साल साउन महिनामा मधुपर्क विभागमा परिणत नहुन्जेलसम्म नै रह्यो । यसपछि मधुपर्कको पहिलो स्वतन्त्र सम्पादक नारायणबहादुर सिंह हुनुभयो । यस अगाडि पनि गोपालप्रसाद भट्टराई पछि थोरै समयका लागि नारायणबहादुर सिंह गोरखापत्रको कायममुकायम प्रधान सम्पादक हुनुहुँदा त्यही नाताले मधुपर्कका एक दुई अङ्कमा उहाँको नाम सम्पादकमा छापिएको थियो । त्यसपछि भारतदत्त कोइराला गोरखापत्रका सम्पादक हुनुभयो र साथै मधुपर्कको पनि ! केही समयपछि उहाँ गोरखापत्रको सम्पादकबाट गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त हुनुभयो । त्यसपछि गोरखापत्र र मधुपर्कको सम्पादकमा आउनुभयो– गोकुलप्रसाद पोखरेल । यो कालखण्ड मेरो गोरखापत्र प्रवेशको प्रारम्भिक समय थियो । भारतप्रसाद कोइराला र गोकुलप्रसाद पोखरेल महाप्रबन्धक तथा सम्पादक हुँदाको समयमा नै मैले गोरखापत्र संस्थानमा यसकै परिवारका रूपमा प्रवेश गरेको थिएँ– २०३७ जेठको पहिलो दिन !
केशवराज पिँडालीले उमेरको हदका कारण अवकाश लिनुभएपछि नारायण माड्साबलाई सघाउन सहयोगीका रूपमा म पनि त्यहाँ लगिएँ ! हामी कनिष्ठ सहयोगीहरूको भने पछिसम्म नै नाम छापिँदैनथ्यो । जनशक्ति धेरै थिएन । गोरखापत्रको सिङ्गो सम्पादकीय विभागमै १६–१७ जना मात्र सम्पादक थियौँ । त्यसैले लेखरचना शाखाका दुई जना सम्पादकले नै दैनिक लेखरचना, सम्पादकीय, सम्पादकलाई चिठी, शनिवासरीय परिशिष्टाङ्क, गोरखापत्रबाट निकाल्नै पर्ने विभिन्न जन्मोत्सव विशेषङ्कहरूका साथै मधुपर्क मासिकको समेत योजना, रचना सङ्कलन, सम्पादन र व्यवस्थापन गर्नुपथ्र्याे । सम्पादकमा गोरखापत्रका सम्पादकको नाम छापिने भए पनि त्यसको प्रमुख जिम्मेवारी लेखरचना सम्पादक अर्थात् नारायण माड्साबमा थियो । उहाँले लाएअह्राएको काम अर्थात् रचनाका लागि सम्पर्क राख्ने, सम्पादन गर्ने, डमी तयार गर्ने, तस्बिर संयोजन गर्ने, ब्लक बनाउन दिने र माड्सावको सल्लाह अनुसार साहित्य, कला र संस्कृतिसम्बन्धी समसामयिक सामग्री, अन्तर्वार्ता आदि तयार गर्ने, गराउने र प्रुफ हेराउने, प्रेससँग समन्वय राख्ने आदि जिम्मेवारी पूरा गर्नुपथ्र्यो म जस्ता सहयोगीले । मधुपर्क विभागको जन्मसँगै गोरखापत्रको लेखरचना शाखा पनि अलग भयो र मलाई गोरखापत्रकै लेखरचना शाखाको जिम्मा दिइयो, २०४१ भदौ महिनादेखि मधुपर्कको सम्पादन समूहबाट म अलग्गिएँ ।
विभिन्न नीतिगत तहको संलग्नताका साथै मुना, युवामञ्च र गोरखापत्रको सम्पादकीय नेतृत्वका विविध जिम्मेवारी सम्हाले पनि मधुपर्कसँग मेरो प्रत्यक्ष सम्बन्ध हुन पाएको थिएन । त्यसैबिच २०६५ भदौ १५ गते दोस्रो पल्ट गोरखापत्रको प्रधान सम्पादकबाट हटाइएपछि बल्ल मधुपर्कको सम्पादक नेतृत्वमा पुगेँ । यसरी यिनै उतारचढाव र बहुविध अनुभव–अनुभूतिका बिच लगभग २४ वर्षपछि मधुपर्क मासिकको सम्पादकीय नेतृत्व सम्हाल्न पुगेको थिएँ । त्यही मधुपर्कको सम्पादनबाटै अनिवार्य अवकाश लिने तयारी गर्दागर्दै २०६५ असार १४ गते कार्यकारी अध्यक्षका रूपमा अर्को गहन जिम्मेवारी प्राप्त भयो ।
मेरो त्यो नेतृत्व र प्रकाशकालमा गोरखापत्रको इतिहास लेखनमा सहयोग पुग्ने गरी प्रकाशित गोरखापत्रको इतिहास, पच्चिस वर्षसम्म मधुपर्कमा प्रकाशित कथा, नियात्रा र हास्यव्यङ्ग्य निबन्ध छानेर मधुपर्क प्रतिनिधि कथा, मधुपर्क प्रतिनिधि हास्यव्यङ्ग्य र मधुपर्क प्रतिनिधि नियात्रा गरी चारवटा कृतिहरूको प्रकाशन भयो । यसका साथै नेपाली पत्रकारिताकै इतिहासमा सर्वाधिक अङ्क प्रकाशित गर्न सफल मधुपर्क मासिकको ५०० औँ बृहत् विशेषाङ्को प्रकाशन गरियो । त्यही समयमा साहित्यिक पत्रकारितामा मधुपर्क र मधुपर्कका विशेषङकहरूका योगदान शीर्षक कार्यपत्र प्रस्तुत गर्दै बृहत् विचार गोष्ठी आयोजना भयो । मधुपर्क सम्मानको पुरस्कार रकममा वृद्धि गरियो । यी सानै र थोरै नै भए पनि आफ्नो नेतृत्वकालमा भएका मधुपर्क सम्बद्ध यी केही कामलाई उपलब्धि नै ठानेको छु ।
सुरु सुरुमा संयुक्ताङ्कका परम्पराबाट उम्कन नसकेको भए पनि मधुपर्कले प्रकाशनको अविछ्न्निता टुटाएन, राष्ट्रकै सर्वाधिक बढी सङ्ख्यामा निरन्तर प्रकाशित हुने एक मात्र प्रकाशनको गौरव प्राप्त ग¥यो यसले ।
अन्त्यमा वरिष्ठ साहित्यका कृष्णप्रसाद पराजुलीको यो गीत सँगै आफ्ना अनुभव र अनुभूतिको बिट मार्छु–
किन किन लाग्छ मलाई मिठो मधुपर्क
फर्किएर जति हेरौँ मनमा हुन्छ हर्क !
विजय निवास, आरुबारी