• १४ असार २०८१, शुक्रबार

निरुताले पाइन कृत्रिम खुट्टा

blog

फाइल तस्बिर

काठमाडौँ, असार १० गते । डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृत्रिम खुट्टा पाउनुभएको छ । केही वर्ष पहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उहाँको देब्रे खुट्टा भाँचिएको थियो । 

उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उहाँ वैशाखीको सहारामा हिँडडुल गर्दै आउनुभएको थियो । “रुखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँडडुल गर्थिन्, डोटीका सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा सहयोग गरेको हो”, निरुताका श्रीमान् मोहन थापाले भन्नुभयो । 

कृत्रिम खुट्टा पाएपछि हिँडडुल गर्न सहज भएको निरुता थापाले बताउनुभयो । सांसद आलेले कृत्रिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गर्नुभएको उहाँको भनाइ छ । साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा यहाँ बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । आज खुट्टा पाएपछि निरुता तथा उहाँको परिवारका सदस्य खुसी हुनुभएको छ । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृत्रिम अङ्ग कार्यशाला’ले कृतिमा खुट्टा प्रदान गर्दै आएको छ । रासस