• १३ साउन २०८१, आइतबार

प्युठान जिप दुर्घटना : घाइते एक जनाको मृत्यु

blog

सुजल श्रेष्ठ
प्युठान, असार १० गते ।
नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार राती भएको जिप दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ  । दुर्घटनामा परी घाइते हुनुभएको नरबहादुर थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको थियो । उहाँको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

झिमरुक गाउँपालिका–७ तुषारा निवासी थापा श्रीमतीसँगै मितको घर जाँदै गर्दा जिप दुर्घटनामा पर्नुभएको हो । थापाको श्रीमती पुतला थापाको बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते सुत्लाबाङ निवासी शान्ति पुन, सिमरन पुनको समेत बुटवलमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते तीन जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

नौबहिनी गाउँपालिकाको बाहानेबाट खबाङको सुत्लाबाङ जाँदै गरेको लु १ च ८०५१  पिक अप जिप आइतबार राती दुर्घटना भएको थियो ।