• १२ असार २०८१, बुधबार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

blog

सञ्जय कुमार मिश्र
गौर, असार ४ गते  ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ५ बस्ने मदनी चौक बस्ने मसुद आलम लहेरीलाई जेठी श्रीमती नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण लहेरीले जेठी श्रीमती नेसालाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले घटनाको अनुसधानका क्रममा श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।

लहेरीविरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक  गिरीले जानकारी दिनुभयो ।