• १३ साउन २०८१, आइतबार

सवारी दुर्घटनामा वृद्धाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल
दमक, असार ४ गते ।
झापामा सवारी दुर्घटनामा परेर एक वृद्धाको ज्यान गएको छ । मङ्गलवार बिहान बिर्तामोडमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ६६१३ नम्बरको मे १ च ६६१३ न. को छोटा हात्तीले बिर्तामोडको मुक्तिचौकमा बाटो काट्दै गरेकी पैदलयात्री मोरङ रतुवामाई ८ की ७० वर्षीया टङ्कमाया सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते सुवेदीलाई उपचारका लागि बीएण्डसी हस्पिटलमा पुर्‍याइएको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।