• ८ मंसिर २०८१, शनिबार

अनावश्यक रुपमा बालिने कृत्रिम प्रकाशप्रति सरोकारवाला मौन

blog

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा अवस्थित पिपल बोटमा बालिएको कृत्रिम बत्ती । तस्बिर :लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ २८ गते ।
सौन्दर्यका लागि अनावश्यक रुपमा रुखमा बालिने झिलिमिलि कृत्रिम प्रकाशप्रति सरोकारवाला मौन बस्दा पर्यावरण र जीवजन्तुहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ ।

गाउँ, टोल सडक तथा पोखरीका छेउछाउमा रहेका रुखहरुमा सौन्दर्यका लागि बालिने कृत्रिम बत्तीप्रति स्थानीय सरकारलगायत सरोकारवाला निकाय मौन बस्दा पर्यावरणसँगै रुखमा बास बस्ने जीवमा नकारात्मक प्रभाव पर्दै गएको हो ।

सौन्दर्यीकरणको नाममा विभिन्न चौक चौराहा, पोखरी वरपरकाका रुख बिरुवामा बालिने कृत्रिम बत्ती त्यहाँ बसोवास गर्ने चराचुरुङ्गी तथा जीवहरुमा नकारात्मक असर परिरहँदा पनि जनकपुरधाम उपमहानगरपालिका मौन देखिएको छ । 

बेला बेला जनकपुरधाम उपमहानगरपालिकामा पर्यावरण जोगाउने अभियान सञ्चालन गर्दै आए पनि सौन्दर्यकरणको नाममा बालिने कृत्रिम प्रकाशप्रति भने कसैको ध्यान पुग्न सकेको छैन ।

जनकपुरधाम–८ स्थित वडा कार्यालय अगाडीको चौकमा दुइवठा ठूला खालका सडक बत्ती जडान भएका छन्, तापनि ती दुइवटा बत्तीको बिचमा रहेका पिपलबोटमा लहरा जस्तै देखिने कृत्रिम प्रकाश दिने बत्ती रुखका जरादेखि हाँगाबिँगासम्म जडान गरिएका छन् । त्यहाँ पनि कसैको ध्यान पुग्नसकेको छौ ।

स्थानीय भन्छन्, “पहिले ती पिपल बोटमा चराचुरुङ्गीहरु बसोवास गरेको देखिन्थ्यो तर, यो बत्ती बाल्न सुरु भएदेखि त्यहाँ चराचुरुङ्गीहरुको वास न्यून भएको छ ।, मानौं हाम्रो घरमा पनि रातभरि बत्ती बल्यो भने सुत्न गाह्रो हुन्छ, त्यस्तै यो जीवजन्तुहरुको घर हो, जहाँ अनावश्यक रुपमा बत्ती बाल्दा असर त पक्कै पनि पर्छ होला ।”

अनाश्यक रुपमा रुख तथा
बोट विरुवामा बालिने कृत्रिम बत्तीका कारण वातावरणमा प्रतिकूल असर पर्नुका साथै परागसेचनमा समेत ह्रास आउने पर्यावरण अभियानी सुरेश शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यति मात्र नभएर त्यहाँ बसोवास गर्ने जीवहरुको जीवनशैलीमा नकारात्मक असर र बोटबिरुवाबाट प्राप्त हुने प्रतिफलमा समेत ह्रास आइरहेको हुन्छ ।” त्यसकारण बोटबिरुवालाई स्वच्छ राख्न र आयु बढाउन यस्ता कृत्रिम क्रियाकलापलाई न्यूनीकरण गर्न अभियानी शर्मा सुझाउनुहुन्छ ।

केही दिन अघि मात्र पोखरामा वातावरण संरक्षण अभियानीहरुले रुखमा कृत्रिम प्रकाश लगाउनु हानिकारक हो, भन्दै रुखहरुमा लगाइएका सम्पूर्ण बत्ती हटाउन लगाइएको थियो । तर जनकपुरधाम भने दिनप्रतिदिन कृत्रिम बत्तीले बढावा पाइरहेको छ ।

रुखमा बालिने कृत्रिम बत्तीले वनस्पतिलाई आवश्यक पर्ने प्राकृतिक प्रकाशलाई रोक्ने हुँदा बोटबिरुवाको वृद्धि र स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ पर्ने अभियानीहरु बताउछन् । यसका साथै रुखमा बसोबास गर्ने पंक्षी र जनावरहरूको जीवनशैलीमा असर पर्दा उनीहरूको प्राकृतिक चालचलन, खाना खोज्ने तरिका, र प्रजनन चक्रमा बाधा पुर्‍य ाउने र धेरै बेरसम्म लाइटमा राख्दा रूखको जैविक घडीमा असर पर्न सक्छ, जसले उनीहरूको प्राकृतिक विकास चक्रलाई बिगार्न सक्ने ती पर्यावरण अभियानीको भनाइ छ ।

सम्बन्धित वडाका अध्यक्ष दिनेशकुमार सिंह आफ्नो वडामा रहेको रुखहरुमा बालिएको कृत्रिम बत्ती बारे कुनै जानकारी नभएको बताउनुभयो । अनावश्यक रुपमा रुखमा बत्ती बाल्नु उचित होइन, जबकी त्यही चोकमा ठूलो र सानो गरी दुई स्थानमा सडक बत्ती जडान गरिएका छन् । पिपलको रुखदेखि १० र ५० मिटरको दूरीमा ठूलठूला सडक बत्ती जडान गरिएका छन्, प्रकाशको कुनै कमी छैन, त्यही पनि रुखमा अनावश्यक बत्ती बाल्न नहुँने अध्यक्ष बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “कसले बाल्यो त्यो बत्ती कुनै जानकारी छैन, र कसैको गुनासो पनि आएन, त्यसकारण उक्त बत्ती बारे कुनै चाँसो लिइएका छैनौ । तर, अनावश्यक बत्ती बालनु चाँही उचित होइन ।”

अभियानी तथा क्लबहरुले भरिभराउ जनकपुरधाममा सौन्दर्यको कृत्रिम सजाावटले पर्यावरणलाई असर गर्ने कामहरु भइरहँदा पनि ती अभियानी तथा क्लबहरुको ध्यान पुगेको छैन । मानवले आफ्नो सौन्दर्यका लागि बनाइएको सजावटले प्रकृतिलाई कस्तो असर परिरहेको छ भन्ने कुरालाई ख्याल नगर्दा वातावरणमा प्रतिकूल असर परिरहेको हुन्छ भने यस्ता कार्यप्रति सरोकारवाला निकायले चासो नदेखाउँदा यस्तो कार्यले बढावा पाइरहेको छ ।