काठमाडौं, जेठ २४ गते। मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाइ भएको छ।
जनमतको नेतृत्वमा सरकार बनाउने दलहरुबिच सहमति भइसकेको छ। जनमतले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिरकेको छ। तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरुको बैठकमा सहमति हुन सकेको छैन।
नेकपा (एकीकृत समाजवादी) ले तीनवटा मन्त्रालय दाबी गरेपछि कुरा मिल्न नसकेको हो।