• ८ मंसिर २०८१, शनिबार

मोबाइल व्यवसायी सङ्घ सिराहाको जिल्ला कमिटि गठन

blog

सिराहा जिल्ला मोबाइल व्यवसायी सङ्घको गठित कमिटिका पदाधिकारी सदस्यहरु । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, जेठ २३ गते ।
मोबाइल व्यवसायीहरुको सिराहा जिल्ला भेलाबाट मो सरफरा अन्सारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ ।

जिल्ला समितिको उपाध्यक्षमा राजु चौधरी, महासचिवमा राजेन्द्रप्रसाद गुप्ता, सचिवमा प्रेमकुमार ठाकुर, कोषाध्यक्षमा गोपालकुमार गुप्ता, सह कोषाध्यक्षमा मुकेश साह, सदस्यहरुमा रमेशप्रसाद साह, गौतमकुमार झा, सिकेन्द्रकुमार सिंह, रिजवान शेख, सुकित साह, श्यामकुमार महतो, अरुण व्यार, ओमप्रकाश मण्डल छन् ।

मोबाइल व्यवसायीहरु सामाजिक सुरक्षा र मर्यादित  व्यवसायीका लागि देशैभरिमा सङ्गठन निर्माणको क्रममा सिराहा जिल्लास्तरीय प्रथम जिल्ला कमिटि गठन गरिएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

सिराहा जिल्लाको लहान मिर्चैया, गोलबजार धनगढी सिराहा, सुखीपुर कल्याणपुर कर्जन्हा गरी ग्रामीण भेगमा समेत गरी एक सयभन्दा बढी रहेको मोबाइल व्यवसायीहरुले बेला बखतमा कुनै अपराधी घटना  हुँदा अपराधीलाई पक्रिनुको सट्टा मोबाइल व्यवसायीहरुलाई मर्मत गरेको र बिक्री गरेको कारण कैयौं पटक प्रहरी हिरासतमा रहनुपर्ने र अनेकौ झमेलाहरु भ्लेल्नुपर्ने समस्याबाट मुक्त हुन सङ्गठित भएको मोबाइल व्यवसायी सङ्घ सिराहाले प्रष्ट्याएको छ ।