• ८ पुस २०८१, सोमबार

बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकीकरण भएर आएको छ : डा.वाग्ले

blog

बजेटमाथिको छलफलमा धारणा राख्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले ।

काठमाडौँ, जेठ २२ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रको प्राथमिकीकरण गरेर आएको बताउनुभएको छ। 

मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो। 

उपसभापति डा.वाग्लले बजेटमा पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिनुभयो। उहाँले सरकारले पाँच भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताउनुभयो।

उहाँले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवेयर निर्यात पुर्‍याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताउनुभयो। 

उहाँले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताउनुभयो। उहाँले सरकारले यसमा थप आइटी पार्क, स्वदेशी स्वट्वयेर प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुरा सकारात्मक रहेको बताउनुभयो। 

उहाँले एक सय वर्षको इतिहासमा ऊर्जामा करिब तीन हजार मेगावाटको हाराहारीमा जडी क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावाट जडित क्षमता बनाउने लक्ष्य राखिएको बताउनुभयो। 

उहाँले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको टाउको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औसत बसाइलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो।