• १३ साउन २०८१, आइतबार

गठबन्धनबाट घोराहीको प्रमुखमा शर्मा र उपप्रमुखमा डाँगीद्वारा उम्मेदवारी दर्ता

blog

घोराही, वैशाख १२ गते । स्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भूपबहादुर डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

गठबन्धनमा भएको सहमतिअनुसार प्रमुख पदमा माओवादीबाट शर्मा र उपप्रमुख पदमा नेपाली काँग्रेसबाट डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ताका लागि घोराहीस्थीत नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शर्मा र डाँगी बाजागाजासहितको ¥यालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । 

उम्मेदवारी दर्ताका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटा, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्मालगायतका नेताहरु ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । 

उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार शर्माले घोराहीको समग्र विकाससँगै सुशासन स्थापनाका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताउनुभएको थियो । उहाँले घोराहीलाई समृद्ध सहर बनाउन कृषि उत्पादन, स्वास्थ्य, शिक्षा, पर्यटनसँगै आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभएको थियो । 

सत्ता गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माआवादी केन्द्र र उपप्रमुखको पद काँग्रेसको भागमा परेको थियो । उपप्रमुखमा उम्मेदवारी दिएका डाँगी घोराहीको प्रमुखमा आकाङ्क्षी थिए ।