• ९ मंसिर २०८१, आइतबार

चीनको विशाल खाद्य कम्पनीका पूर्वउपव्यवस्थापक भ्रष्टाचार आरोपमा पक्राउ

blog

बेइजिङ, जेठ १६ गते । चीनको प्रमुख खाद्य व्यापारी कोफको कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक झोउ झेङलाई घूस लिएको, अनियमितता गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) ले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एसपीपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेशनल कमिसन अफ सुपरभिजन इन्भेस्टिगेसनको निष्कर्षपछि झोउको मुद्दा प्रोक्युरेटरियल अथोरिटीलाई सुम्पिएको थियो ।

झोउले यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को कम्पनी सदस्य समूहको सदस्यको रूपमा पनि काम गर्नुभएको थियो ।

चीनको भ्रष्टाचार नियन्त्रण गर्ने सर्वोच्च निकायले सन् २०२३ को नोभेम्बरमा झोउलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा अनुसन्धानको दायरामा राखिएको घोषणा गरेको थियो । 

यसै महिनाको सुरुमा उक्त निकायले झोउलाई सीपीसीबाट निष्कासित गरिएको घोषणा गरेको थियो । रासस/सिन्ह्वा