• ४ असार २०८१, मङ्गलबार

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

blog

अनिल पराजुली

हेटौँडा, जेठ १४ गते । बागमती प्रदेशसभाको बैठक आज सोमवार बस्दै छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभयो । 

बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसदमा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।