• ३ असार २०८१, सोमबार

गोरखापत्र संस्थान नाफामा

blog

काठमाडौँ, जेठ १४ गते । अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र  संस्थान नाफामा देखिएको छ ।  

आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र संस्थानले छ करोड  २४ लाख रुपियाँ नाफा कमाएको छ । आव २०७८/७९ मा पाँच करोड ४८ लाख रुपियाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा संस्थानले एक करोड रुपियाँ बढी नाफा कमाउन सफल भएको हो ।