• ३ असार २०८१, सोमबार

'प्लाष्टिक सर्जरी'मा नयाँ मापदण्ड निर्माण हुँदै

blog

'प्लाष्टिक', 'कस्मेटिक' र 'रिकन्स्ट्रटिभ सर्जरी'का वरिष्ठ सल्लाहकार डा. कुलदिप सिंह ।

काठमाडाैँ, जेठ १३ गते । नयाँ दिल्लीस्थित प्रसिद्ध अस्पताल इन्द्रप्रस्थ एपोलो अस्पतालले 'प्लाष्टिक सर्जरी'सँग सम्बन्धित प्रविधिमा भएको उल्लेखनीय प्रगतिबारे जानकारी गराएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भारतमा बढ्दो आम्दानी र 'प्लाष्टिक सर्जरी'प्रति बढ्दो जागरणका कारण कस्मेटिक र सौन्दर्य प्रक्रियामा देखिएका सम्भावना र अस्पतालले यस क्षेत्रमा गरेका उपलब्धिहरूबारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा 'प्लाष्टिक', 'कस्मेटिक' र 'रिकन्स्ट्रटिभ सर्जरी'का वरिष्ठ सल्लाहकार डा. कुलदिप सिंहले यस क्षेत्रका विभिन्न पक्षहरूबारे जानकारी गराउनुभयो । उहाँले इन्द्रप्रस्थ एपोलो जस्ता प्रतिष्ठित संस्थामा दक्ष विशेषज्ञहरूको बढ्दो मागलाई पुरा गर्न अस्पतालले सञ्चालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धी पहलहरूबारे प्रष्ट पार्नुभयो ।

उहाँले बढ्दो माग र पहुँचसँगै डाक्टरहरूको नैतिक, योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको बताउनुभयो । यसका साथै उहाँले प्लाष्टिक सर्जरीमा सो अस्पतालले हासिल गरेका उपलब्धिबारे समेत जानकारी दिनुभयो । 

यसैगरि, डा. सिंहले बिरामीहरूलाई सौन्दर्य र सौन्दर्य प्रक्रियामा सबैभन्दा उन्नत र न्यूनतम 'इन्वेन्सिभ' प्रविधिहरूमा पहुँच प्रदान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो। उहाँले भन्नुभयो, "चाहे हल्का 'टचअप' होस वा परिवर्तनकारी काम, हामी नवीनतम प्रविधि प्रयोग गरेर हरेक कार्यमा नैतिक, सुरक्षा केन्द्रित दृष्टिकोण लागु गर्छौँ, हाम्रो उद्देश्य सर्जीकल प्रक्रिया मात्र पुरा गर्नु होइन, बिरामीमा पूर्ण रूपमा आत्मविश्वास सिर्जना गर्नु पनि हो । हामी उनीहरूलाई आवश्यक सहयोग, मार्गनिर्देश र आवश्यक सूचना प्रदान गर्छौँ जसका कारण उनीहरूलाई सुसूचित निर्णय गर्न सहयोग गरोस् र यसबाट एकदमै अपवाद र नयाँ नतिजाहरू आउन । बिरामीको सबलीकरणलाई प्राथमिकता दिँदै र उनीहरूको पूर्ण हितलाई ख्याल गदै प्रत्येक व्यक्तिलाई अगाडी बढ्न सहयोग मात्र होइन, उनीहरूको जीवनका सबै पक्षमा अगाडी बढ्न प्रेरित गर्छौँ ।"