• २ असार २०८१, आइतबार

अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

blog

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला अदालत धनुषामा प्रवेश गर्नुहुँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ ९ गते । 
नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले बताउनुभयो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पक्राउ गरेको थियो । उहाँलाई मङ्गलबार राति नै जनकपुर ल्याइएको थियो ।

मङ्गलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उहाँलाई बुधबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो भने करिब १२ बजे अदालतमा उपस्थित गराइएको थियो ।