• २६ पुस २०८१, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

blog

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की । फाइल तस्बिर

विराटनगर, वैशाख ३१ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो । 

उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेश सभामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो । कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो । 

यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा -एमाले_का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा -माओवादी केन्द्र_का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा -एकीकृत समाजवादी_का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो । यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो । रासस