• ८ जेठ २०८१, मङ्गलबार

पत्रकार उपाध्यायलाई ‘आइकन अफ’ सुदूरपश्चिम अवार्ड

blog

अवार्ड ग्रहण गर्नुहुँदै पत्रकार दीर्घराज उपाध्याय ।

धनगढी, वैशाख २८ गते। नेपाल युवा परिषद्ले पत्रकार दीर्घराज उपाध्यायलाई ‘आइकन अफ’ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ।

नेपाल युवा परिषदद्वारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता विधातर्फको ‘आइकन अफ’ सुदूरपश्चिम अवार्ड प्रदान गरेको हो।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्लासहित सम्मान पत्र प्रदान गर्नुभयो।

बिहीबार सुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनको दोस्रो दिन विभिन्न विधामा योगदान पुर्‍य ाउने व्यक्तिलाई अवार्ड प्रदान गरिएको हो।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका रक्तदातामध्ये सर्वाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगीतर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्रतर्फ अनिता जोशी, समाजसेवातर्फ कल्पना भट्ट, सङ्गीततर्फ रेखा जोशी, सूचना प्रविधितर्फ दीपेन्द्र जोशीलगायतलाई आइकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियो।