• ७ जेठ २०८१, सोमबार

राजस्व चुहावट मुद्दामा सर्वोच्चमा अख्तियारको पुनरावेदन

blog

काठमाडौं, वैशाख २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेका कारण सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालत काठमाडौँबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार सर्वोच्चमा पुनरावेदन भएको छ ।

प्रतिवादी अरविन्द प्रसाद जयसवाल समेतको मुद्दामा विशेष अदालत काठमाडौँले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा व्यवस्था रहेको कानुनको अर्थ र भावको व्याख्या, विश्लेषण नै नगरी प्रत्यर्थी प्रतिवादीहरू अरविन्द प्रसाद जयसवाल, चन्द्रभुषण महतो, धर्मेन्द्रकुमार महतो, अजितमान सिंह, बागेश्वरीकुमार कर्ण, स्मिता कट्टेल र अन्जुकुमारी बस्नेतलाई सफाइ दिएको आयोगले जनाएको छ ।