• ७ जेठ २०८१, सोमबार

स्वर्ण विजेता बास्केटबल खेलाडी सम्मानित

blog

सम्मान थापेपछि बास्केटबल टोली ।

काठमाडौँ, वैशाख २७ गते । नेपाल बास्केटबल सङ्घले हालै चीनको युनानमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सङ्घले बिहीबार टोलीका चार खेलाडी र प्रशिक्षकलाई जनही ३० हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा कप्तान विजय बुर्जा, मनीष केसी, निकेश मगर र निश्चल महर्जन तथा प्रशिक्षक सुशील गुरुङ हुनुहुन्छ ।

खेलाडीलाई सङ्घका अध्यक्ष भीमसिंह गुरुङलगायतले खेलाडीलाई सम्मान गर्नुभयो । प्रशिक्षक गुरुङ प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षण घोषित हुनुभएको थियो । युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्टस् कार्निभल थ्री बाइ थ्र बास्केटबलको फाइनलमा नेपालले साबिक विजेता युनान प्रान्तलाई २०–१९ अङ्कले हराउँदै उपाधि जितेको थियो ।

नेपाली बास्केटबल टोलीले छिट्टै फुल कोर्टको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीका रहेको पनि सङ्घले जानकारी दिएको छ ।