• ७ जेठ २०८१, सोमबार

प्रदेश सभाको अधिवेशन वैशाख ३१ गते आव्हान गर्ने निर्णय

blog

मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्दै बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ । तस्बिर: अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख २७ गते । बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन वैशाख ३१ गते १ बजे आव्हान गर्ने निर्णय भएको छ । बिहीबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विभिन्न ८ वटा निर्णयहरू गरेको छ । प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । बैठकले नमुना वडा समाजवादी कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन स्वीकृति गरिएको छ । 

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड २०८१ स्वीकृत, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज, कार्यविवरण, छाप र साइनबोर्ड स्वीकृत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै, वन क्षेत्र प्रयोग हुने रुख कटान गर्ने प्रस्ताव स्वीकृत, ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय मकवानपुरबाट भक्तपुरमा स्थानान्तरण गर्न स्वीकृत र खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत गरिएको हो ।