• ७ जेठ २०८१, सोमबार

सुनसरीबाट एक क्विन्टल गाँजा बरामद

blog

सशस्त्र प्रहरीले सुनसरीबाट बरामद गरेको एक क्विन्टल गाँजा । तस्बिर : सशस्त्र प्रहरी

सुनसरी, वैशाख २६ गते । सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मङ्गलबार राती सुनसरी जिल्लाको बर्जु गाउँपालिका-४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको तीन बोरा गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा तीन वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको जानकारी दिनुभयो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएका उहाँले बताउनुभयो ।