• ६ जेठ २०८१, आइतबार

संसद्लाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे

काठमाडौँ, वैशाख २५ गते । सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताउनुभएको छ ।

मङ्गलबार सिंहदरबारमा शीर्ष नेताहरूसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार पारेको दाबी गर्नुभयो ।

सभामुख घिमिरेले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताउनुभयो । उहाँले समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुने र कतिपय संसदबाट हुने बताउनुभयो । उहाँले संसद्लाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरू यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो ।

‘‘यो निरन्तर प्रक्रिया हो । समस्याहरू आइरहन्छन् । समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ । समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुन्छ । कतिपय संसदबाट पनि हुन्छ । आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार गरेको छ ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘शङ्का गर्नुपर्ने आधार देखेको छैन । संसद्लाई समस्या समाधानको थलो बनाउनुपर्छ । अवरोधको थलोमा लैजानु हुँदैन । यसमा सबै राजनीतिक दलहरू सचेत हुनुहुन्छ । संसद् राम्रोसँग सञ्चालन गर्न दलहरूको भूमिका निर्णायक हुन्छ । आउँदा दिनमा दलहरू गम्भीर हुनेछन् । समस्याको समाधान दलबाट निकाल्दै संसद् अघि लैजान प्रभावकारी रूपमा लैजानुहुन्छ । अवरोध हटाउन सबैको आफ्नो आफ्नो भूमिका हुन्छ ।’’

सभामुख घिमिरेले संसद् राम्रोसँग सञ्चालन गर्न दलहरूको भूमिका निर्णायक हुने र आउँदा दिनमा दलहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।